site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षकहरूको आन्दोलनले अस्तव्यस्त बन्यो काठमाडौंको ट्राफिक व्यवस्था

काठमाडौं । काठमाडौंको ट्राफिक अवस्था आज पनि अस्तव्यस्त भएको छ । शिक्षा विधेयकको विरोधमा बुधबारदेखि नै काठमाडौंमा शिक्षकहरूले प्रदर्शन थालेपछि ट्राफिक अवस्था अस्तव्यस्त हुन पुगेको हो ।

बुधबारदेखि थालेको प्रर्दशन बिहीबार समेत जारी राखेका छन् । बुधबार शान्तिपूर्ण रूपमा उत्रिएका शिक्षकहरू बिहीबार भने केही उग्र देखिएका छन् ।

Dabur Nepal
NIC Asia

प्रहरी र शिक्षकबीच बानेश्वरमा घम्साघम्सी समेत भएको छ । देशभरबाट आएका शिक्षकहरू काठमाडौंका सडकमा उत्रिएका छन । 

शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर, सिंहदरबार, थापाथली हुँदै संसद् भवन नयाँ बानेश्वरसम्मको ट्राफिक अवस्था पूर्ण प्रभावित भएको छ ।

विधेयक मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्मा पेस गरिएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro