site stats
बाह्रखरी :: Baahrakhari
देश
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
गरिब, ठेलागाडा र फुटपाथ मजदुर महानगरबाट हटाउने हो भने कहाँ जान्छन् ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा प्रत्यासी हुँदै गर्दा बालेन्द्र शाह (बालेन)ले स्थानीय तहको चुनाव प्रचारप्रसारको समयमा एपीवान टेलिभिजनको ‘ग्ल्यामर गफ’ मा भनेका थिए, “नगर प्रहरीले नगरबासीसँग कसरी बोल्ने ? आदरका साथ कसरी काम गर्ने ?’’

त्यतिमात्र होइन, उनका भनाइ थिए, ‘‘सबै कुरामा ट्रेन गर्नुपर्छ । किनभने, नगर प्रहरीको काम भनेको म्यानेज गर्ने हो । सडक व्यवसायीका सामान फाल्ने हैन । अनि मेयरको काम सडक व्यापारीहरूलाई व्यवस्थित गर्ने हो ।”

‘हो’ तिनै भनाइसाथ मेयर बनेका शाहका जवाफ खोज्दै राष्ट्रिय सभागृह अघिल्तिर उभिरहेका छन्, ‘ईःईः र चाउ न्यौपाने’ । ईःई सामाजिक अभियन्ता हुन् । चाउ स्थानीय तहको चुनाव बालेन जिताउ अभियानमा ‘क्याम्पेनिङ’मा हिँडेका थिए । 

Agni Group

चुनावअघि ‘सजिलै व्यवस्थापन गर्न सकिन्छ’ भनिएकै सामान्य कुरा बिर्सिएपछि बालेनलाई सम्झाउन सभागृह उभिएका हुन् ।

Ktm2-1695214524.jpg

Global Ime bank

यतिबेला मेयर शाह र नगर प्रहरी काठमाडौं उपत्यकाबाट गरिबी होइन, गरिबलाई विस्थापित गर्न लागि परिरहेका छन् । उनै मेयरका नगर प्रहरीले सडक, ठेलागाडा, साइकलमा व्यवसाय गरिरहेका गरिबका सामान खोसिरहेको दृश्य भाइरल बनिरहेकै छ । सहर गरिबका निम्ति होइन, धनाढ्यहरूकै निम्ति हो भन्ने सन्देश दिँदै छन् ।

नगर प्रहरीका दमन, अमानवीय धरपकड, लुटपाटका दृश्य हेर्ने हो भने जो कोहीको मन कुडिन्छ, बालेन शाहको बाहेक । महानगरले तिनै निमुखा सडक व्यवसायीका सामान खोस्दै लिलाम गर्छ । ‘‘यो सरासर गैरकानुनी हो’’ ईः भन्छन्, ‘‘गरिब हटाएर समस्याको समाधान हुँदैन ।’’

उनीहरूको जीवन निर्वाहको गाँस खोस्नु अन्याय हो । “सडकमा व्यापार गर्नेहरू हुँदा खाने वर्गहरू हुन् । सडकमा व्यवसाय गर्नेहरू आर्थिक हिसाबले कमजोर र फरक क्षमता भएका व्यक्तिहरू छन्” ईःले भने, “विकल्पविना हटाउँदा उहाँहरूको अवस्था कस्तो हुन्छ ? बालेन शाहले सोच्नु पदैन ?”

“मेयर करुणादायी, सहानुभूतिशील र जवाफदेही नहुने हो भने नयाँ नेतृत्वमा फरक के भयो र ?” ईःले भने “युवा भएर मात्र भएन, बालेन र उनका प्रहरी जवाफदेही हुनुपर्‍यो ।”

महानगरपालिकाभित्र सडक व्यवसाय गर्नेलाई निश्चित समय, स्थान र शुल्क तोकेर व्यवसाय गर्न दिनुपर्ने उनको उनको माग छ ।  

Ktm6-1695214544.jpg

चुनावमा मत माग्दा आफैँले ‘सजिलै व्यवस्थापन गर्न सकिन्छ’ भनेको वाक्य बालेनलाई सम्झाउन बाध्य चाउ न्यौपानेले बताए ।

“चुनावका बोली मेयरले बिर्सन थाल्नु भएछ । त्यहीँ भएर उहाँलाई सम्झाउन यहाँ आएका हौं । हामी मेयर र महानगरपालिकाको विरोध गर्न आएका हैनौं” चाउले भने, “सडक व्यापारीका लागि उचित व्यवस्थापन माग राखेर ७७ घण्टे निरन्तर धर्ना सुरु गरेका छौँ । हाम्रो धर्नामा जो पनि ऐक्यबद्धता जनाउन सक्नु हुनेछ ।”

महानगर प्रहरीले सडक व्यवासायीमाथि गरिरहेको दमन, दुर्व्यवहार, धरपकड र लुटपाट रोक्नुपर्ने आन्दोलनलाई ऐक्यबद्धता जनाउन आएका नेविसंघका केन्द्रीय सदस्य विनोद देउवाले बताए ।

उनले भने, ‘‘हुँदा खाने वर्गलाई लाठी–चार्ज गर्ने, कुट्ने, पिट्ने, उहाँहरूको साधन खोस्ने यो गलत काम हो । यसको मतलब हामीले सडकमा अराजकता हुनपर्छ भनेको हैन । उनीहरूलाई निश्चित, समय, स्थान दिनुपर्‍यो । तर त्यसको विकल्प नै नदिएर यसरी हटाउनु भएन ।”

Ktm-1695214566.jpg

बालेनको चुनावअघिको त्यो बोली 

“नगरबासीसँग कसरी बोल्ने ? आदरका साथ कसरी काम गर्ने ? सबै कुरामा ट्रेन गर्नुपर्छ । किनभने, नगर प्रहरीको काम भनेको म्यानेज गर्ने हो नी त । कसैलाई फाल्लिने हैन । अनि मेयरको काम के हो भने जुन त्यस्तो व्यापारहरु छन् ।

सीमित क्षेत्र घोषणा गरेर फुटपाथभन्दा बाहेक अरु क्षेत्र छन् । बिहान तथा बेलुकाको समय म्यानेज गरेर व्यापार गर्न दिनुपर्छ । त्यो एकदम ठूलो समस्या होइन, ललितपुरमा भइरहेको छ, काठमाडौंमा हुन सकेको छैन । सजिलै व्यवस्थापन हुन्छ । 

सडक व्यवसायीलाई व्यवस्थित गर्न हामीले ४०/५० वटा ठाउँहरू हेरेका छौँ । महानगरपालिकाले आफन्तलाई गलत रूपमा सस्तो लिजमा दिएको छ । तरकारी तथा नाग्लो व्यापारीलाई राख्न सकिन्छ र समय तोकेर म्यानेज गर्न सकिन्छ । महानगरले नियमन गरेर, सीसीटीभी राखेर फोहोर पनि अफैँले सफा गर्ने लगाउने । बरु एउटा सिस्टममा लिएर थोरै कर उठाउने, त्यो पैसाले उहाँहरूलाई सुविधा दिन सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu