site stats
बाह्रखरी :: Baahrakhari
देश
मनहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मनहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार गरिएको छ । ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । 
 
नुवाकोट घर भई पुनर्जिवन अस्पताल बालकुमारी ललितपुरमा उपचार गराइरहेका १८ वर्षिय आयुष बडाल बुधबार बिहान ६ः४० बजे मनहरा खोलामा हाम फालेका थिए । 

उनलाई नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले सकुशल उद्वार गरेको हो । उद्धार गरिएका उनको अवस्था सामान्य रहेको छ । 

हाल उनी मेन्टल सम्बन्धी विरामी भई उपचारत रहेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्