site stats
बाह्रखरी :: Baahrakhari
देश
सेफ्टी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चन्द्रपुर (रौतहट) । चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टी  ट्यांकीमा डुबेर मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गएराति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो ।

मंगलबार साँझ दुवै बालबालिका स्थानीय ह्रदय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टी ट्यांकमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्