site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सञ्जालमा ओलीको अतिरिक्त सक्रियता : जनतासँगै हुने चाह
तस्बिरहरू : फेसबुकबाट ।

काठमाडौं । ‘जसरी हुन्छ जनतासँग नजिकको सम्बन्ध राख्नू’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता–कार्यकर्तालाई बेलाबखत निर्देशन दिने गर्छन् । सार्वजनिक कार्यक्रममा समेत जनतालाई नमस्कार गर्दा सानो होइँदैन भन्दै उनी कार्यकर्तालाई सम्झाउने गर्छन् ।

k6-1695204223.jpg

ओली आफैँले पनि जनतासँग जोडिन अनेक विधि अपनाउँछन् । यतिखेर सामाजिक सञ्जालको ‘उधुम’ प्रयोग गरी जनतासँग जोडिइरहेका छन्, उनी । स–साना विषयमा ध्यानाकर्षण गराउन उनले अपनाएको शैली रोचक पनि देखिन्छ ।

गएको आइतबार उनले बालबालिकाले आफ्नो कोटको प्रशंसा गरेको उल्लेख गरे । “मैले यी नानी–बाबुहरूसँग एक्लाएक्लै फोटो खिचेँ । यिनीहरूमध्ये धेरैले मलाई कानमा खुसुक्क भने– कोट खुब सुहाएको छ, बा ! साँच्चै सुहाएको हो कि यिनीहरूले मलाई जिस्क्याइएका हुन् !,” ओलीले फेसबुकमा तस्बिर पोस्ट गर्दैै लेखेका छन् ।

kk-1695204259.jpg

उनी दिनहुँजसो स्ट्याटस पोस्ट गरिरहेका हुन्छन् । गएको आमनिर्वाचनताका बिहान–बिहान उनले सूर्योदयको तस्बिर राख्ने गरेका थिए । त्यति बेला उनले अप्रत्यक्ष रूपमा पार्टीको चुनाव चिह्नको प्रचार गरे ।

ओलीले प्रविधिको अधिकतम प्रयोग गरिरहेका छन् । उनी फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राममा भेटिन्छन् । उनका फलोअर्स पनि लाखौँमा छन् ।

‘बा’ ब्रान्ड 
ओलीले ‘बा’लाई ‘ब्रान्ड’ बनाएका छन् । ओेलीका समर्थकले एकताका ‘केपी ‘बा, आई लभ यु’को नारा घन्काएका थिए । उनले ‘बा’लाई ब्रान्ड नै बनाइदिए ।

गत वर्ष मंसिर ४ गतेको निर्वाचनलक्षित गरेर उनले ‘कल केपी बा’ कार्यक्रम सञ्चालन गरेका थिए । म्यासेज बक्समा नम्बर छाडेका फेसबुक प्रयोगकर्तासित कुराकानी गरेका थिए ।

k2-1695204220.jpg

ओलीले ०७७ मंसिरमा टिकटक अकाउन्ट खोलेका थिए । त्यति बेला उनी प्रधानमन्त्री थिए । ओलीको युट्युब च्यानल पनि छ । युट्युब च्यानलको नाम ‘केपी बा’ राखिएको छ । उनले आफ्ना अनुभव युट्युबमार्फत सार्वजनिक गर्ने गरेका छन् ।

ओलीको निवास बालकोटमा हो । उनको सचिवालयले फेसबुकमा ‘बालकोट’ पेज सञ्चालन गर्दै आएको छ । अर्थात्, बा र बालकोटलाई ब्रान्ड बनाइएको छ ।

सक्रियताको राज 
ओली सामाजिक सञ्जाल आफैँ चलाउँछन् । नयाँ–नयाँ शैली अपनाउँछन्, कहिलेकाहीँ । ओलीको सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार ओली आफ्ना ‘आइडिया’ सेयर गर्ने गर्छन् ।

“सामाजिक सञ्जाल आफैँले चलाउनुहुन्छ । अध्यक्षसँग धेरै कुराको आइडिया छ नि !,” उनले बाह्रखरीसित भने, “आफ्ना आइडिया सेयर गर्नुहुन्छ र अरूको कुरा सुन्नुहुन्छ ।”

जनतासँगको सम्बन्धलाई प्रभावकारी बनाउन ओलीले प्रविधिको उपयोग गरेको बजगाईंको भनाइ छ । “हिजो जनतासँग भेट्न भौतिक रूपमा आमसभामार्फत मात्रै जानुपर्थ्यो । अहिले पनि त्यसरी पनि जानुहुन्छ । तर, प्रविधिलाई उपयोग गरेर जनताका बीचमा जानुपर्छ, जनतासँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ,” उनले भने ।

k7-1695204224.jpg

पहिले पनि ओली जनतासँग निकट रहेको भन्दै उनले अहिले प्रविधिको प्रयोगमार्फत प्रस्तुत भएको बताए । “जनताको भनाइ, भावना के छ भन्ने बुझ्नुपर्छ भन्ने उहाँको पहिलेदेखिको कुरा हो । फेसबुक नहुँदा पनि उहाँ जनताको बीचमै हुनुहुन्थ्यो,” उनले भने, “प्रविधिको प्रयोग गरेर जनतासँग जोडिनुभएको हो ।”

सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवैखाले कमेन्ट गरिन्छ । त्यस्ता कमेन्ट ओली आफैँ पढ्छन् । कमेन्ट ‘नोटिस’मा पनि राख्ने गर्छन् । विभिन्न कार्यक्रममार्फत उनी त्यसको जवाफ फर्काउन पछि पर्दैनन् । ओली युट्युब हेर्छन् । पत्रपत्रिका पढ्छन् । अनलाइन न्युज पनि अध्ययन गर्छन् ।

k4-1695204221.jpg

प्रविधिको प्रयोग गर्दागर्दै ओली चिप्लिएका उदाहरण पनि छन् । कम्बोडियाको भ्रमणबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सुन प्रकरणमा आफ्नो नाम जोडेर फोटो छापिएको भन्दै आक्रोश पोखेका थिए । तर, ओलीको फोटो छापिएको थिएन ।

ओलीले सामाजिक सञ्जालका लागि भनेर समय तोकेका छैनन् । अनुकूल अवस्थामा सक्रिय हुन्छन् । उनी आफैँ स्ट्याटस पोस्ट गर्छन् । आफूले थाहा पाएका सूचना सेयर गर्छन् । सुझाव लिन्छन् ।

k3-1695204221.jpg

जनता जहाँ छन्, आफू पनि त्यहीँ हुनुपर्छ भन्ने मान्यताले ओली ‘गाइडेड’ छन् । “जनता जहाँ छन्, म त्यहीँ हुनुपर्छ भन्ने मान्यताले उहाँलाई गाइड गरेको छ,” बजगाईंले भने, ‘‘जनताभन्दा फरक हुनु हुँदैन, जनता र हामी एउटै हो, जनताका लागि काम गर्ने हो भन्ने कुरा मनमा राखेर गर्नू भनेर नेता–कार्यकर्तालाई निर्देशन पनि दिँदै आउनुभएको छ ।”

जुनसुकै प्रविधिमार्फत जोडिएर भए पनि जनतासँगको सम्बन्ध घनिष्ठ बनाउन उनले निर्देशन दिने गरेका छन् ।

उनले विद्यार्थी, युवालक्षित कार्यक्रम पनि गर्र्दै आएका छन् । भेट्न चाहनेहरूलाई सहजै पहुँच दिएका छन् । उनलाई भेट्ने मानिस ‘कन्भिन्स’ भएर फर्कने उनीनिकट नेताहरू बताउँँछन् । उनलाई भेटेर फर्किएकाहरूको फेसबुक पोस्टले पनि त्यो कुरालाई उजागर गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro