site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानडाले जारी गर्‍यो नयाँ ‘ट्राभल एडभाइजरी’, जम्मु–कश्मीरलाई देखाउँदै भन्यो– सावधानी अपनाऔँ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । क्यानडाले भारतका विषयमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ । ट्राभल एडभाइजरीमा क्यानडाले आफ्ना नागरिकलाई अत्यधिक सावधान रहन आग्रह गरेको छ ।

अप्रत्याशित सुरक्षा स्थितिका कारण केन्द्र शासित जम्मु–कश्मीरको यात्राबाट जोगिन क्यानडाले आफ्ना नागरिकलाई भनेको छ ।

मंगलबार जारी गरिएको ट्राभल एडभाइजरीमा उल्लेख छ, “जम्मु–कश्मीरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ ।” ट्राभल एडभाइजरी लद्दाखको यात्रालाई समेटिएको छैन ।

क्यानडले भारतको पूर्वोत्तर क्षेत्रमा पनि आफ्ना नागरिकलाई नजान सल्लाह दिएको छ । गुजरात, पञ्जाब र राजस्थानको पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा समेत नजान क्यानडाले भनेको छ ।

क्यानडाले यस्तो बेला नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ, जति बेला क्यानडा र भारतबीच तनाव बढिरहेको छ ।

सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निञ्जरको हत्यामा भारत सरकारको हात रहेको आशंका जनाएका थिए । त्यसपछि क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देशबाट निष्कासित गरेको थियो ।

जवाफमा भारतले पनि क्यानडाका एक कूटनीतिज्ञलाई निष्कासित गरेको थियो । भारतले क्यानडाले लगाएको आरोप अस्वीकार गरेको छ ।

“सिख पृथकतावादी नेताको हत्यमा भारतीय एजेन्टको संलग्नता रहेको आशंका व्यक्त गर्नुपछाडिको उद्देश्य भारतलाई उक्साउनु थिएन । क्यानडा चाहन्छ, भारतले यस घटनालाई ठिक तरिकाले सम्हालोस्,” क्यानडाका प्रधानमन्त्रीले मंगलबार भनेका थिए ।

क्यानडाका प्रधानमन्त्रीले यस घटनालाई गम्भीरताका साथ लिन भारतलाई आग्रह गरेका छन् । यो एकदमै गम्भीर विषय भएकाले अन्तर्राष्ट्रिय कानुनमा यसले दूरगामी परिणाम दिने चेतावनी समेत उनले दिएका छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro