site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनसँगको व्यापार वार्तामा ठूलो प्रगति : ट्रम्प
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग शनिबार व्यापार वार्तामा ठूलो प्रगति भएको बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमाध्यम ट्रुथ सोसलमार्फत उक्त घोषणा गरेका फक्स न्युजले जनाएको छ ।

स्वीट्जरल्यान्डको जेनेभामा अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टसहितका अधिकारी र चिनियाँ प्रतिनिधिमण्डलबीचको बैठकमा धेरै विषयमा छलफल सहमति भएको ट्रम्पले बताएका छन् ।

एसोसिएटेड प्रेसले जनाएअनुसार, १० घण्टाभन्दा बढी समय चलेको उक्त वार्तामा कुनै ठूलो सफलता घोषणा गरिएन । व्यापार वार्ता आइतबारसम्म जारी रहने बताइएको छ ।

अमेरिकी प्रशासनले अप्रिलमा दुई आयात कर लगाएको घोषणा गरेको थियो । अमेरिकाले पछि चिनियाँ सामानमा १४५ प्रतिशत आयात कर लागु गरेको थियो ।

अरू देशसँगको पारस्पारिक आयात कर ९० दिनका निम्ति घटाएर १० प्रतिशतमा सीमित गरिएको थियो । चीनलाई भने त्यो घटाइएको थिएन । चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत आयात कर लगाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro