site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विप्लव नेकपाको विद्यार्थी संगठनले नाम फेर्ने
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले संगठनको नाम परिर्वतन गर्ने भएको छ ।

क्रान्तिकारीको कपिलबस्तुमा बसेको केन्द्रीय समिति बैंठकले संगठनको नाम फेर्ने निर्णय गरेको महासचिव ललित बिक ‘सी’ले जानकारी दिए ।

आफ्नो विद्यार्थी संगठनले गरेको राम्रो कामको जस अरु संगठनले लिने र नराम्रो कामको अपजस आफ्नो संगठनलाई दिने परिपाटीका कारण संगठनको नाम नै परिवर्तन गर्न बाध्य भएको महासचिव बिकको भनाइ छ ।

कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनको नाम अखिल क्रान्तिकारी रहँदै आएको छ । यही कारण नाम फेरेर छुट्टै नाम राख्न लागेको संगठनले नाम भने २३औँ सम्मेलनपछि मात्र फेर्ने तयारी गरेको छ ।

संगठनको २३औँ राष्ट्रिय सम्मेलन आगामी माघ १० देखि १३ सम्म काठमाडौंमा तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro