site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एनसेल १८ वर्ष पूरा : सात प्रदेशमा दुई करोड अनुदान दिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले १८ वर्ष पूरा गरेको छ । सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट कम्पनीले सेवा सुरु गरेको बताएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सव मनाएको हो ।

सुरुमा ‘मेरो मोबाइल’का रूपमा सञ्चालनमा आएर पछि एनसेल रिब्रान्डिङ भएको कम्पनीले हाल नेपालमा एक करोड ६० लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा दिइरहेको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं प्रबन्ध निर्देशक जाब्वोर कायुमोभले देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझैँ जिम्मेवार बनेको बताएका छन् ।

उनले “बहुसंख्यक नेपालीलाई सेवा पाउन कठिनाइ भएको ठाउँमा सहज पहुँच सुनिश्चित गराउने” प्रतिवद्धता व्यक्त गरेका छन् ।

Global Ime bank

यस अवसरमा एनसेलले ‘आज, भोलि, सधै सँगै’ प्रतिवद्धताअन्तर्गत नयाँ थिम ‘हामी तपाईंकै लागि’को घोषणा गरेको छ ।

विशेष अफर
एनसेलले आफ्नो वार्षिकोत्सवका अवसरमा ग्राहकहरूसँग खुसी बाँड्न विशेष अफरसमेत सार्वजनिक गरेको छ । यो अफरमा सामेल भएर हरेक ग्राहकले केही न केही उपहार जित्ने कम्पनीले जनाएको छ ।

यसका लागि प्रयोगकर्ताले आफ्नो एनसेलको सिममा एस्ट्रिक १७११७ ह्यास डायल गरेर हरेक दिन २८ दिनसम्म बिनाशुल्क केही न केही उपहार पाउनेछन् ।

ncell-ceo-baahrakhari-1694956800.jpg

यस्तै, प्रत्येक हप्ता एक हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्ससमेत पाउने कम्पनीले जनाएको छ । र अफरको अन्त्यमा सातजना भाग्यशाली ग्राहकले एक–एक ओटा स्कुटर प्राप्त गर्नेछन् ।

साप्ताहिक र बम्पर उपहार जित्न प्रयोगकर्ताले अफर अवधिभर एनसेलको सेवा प्रयोग गरेको हुनुपर्नेछ । साथै एनसेलका लागि रचनात्मक नारा एनसेल एपबाट वा वेबसाइट कम्पनीलाई पठाउनुपर्नेछ ।

प्यारालम्पिकलाई सहयोग
यस्तै एनसेलले १८औँ वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विभिन्न सहयोगका योजना घोषणा गरेको छ । 

यसका लागि एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति (एनपीसी)सँग सहकार्यको घोषणा गरेको छ ।

कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने प्यारालम्पिक खेलाडीको समग्र तालिम र विकासका लागि उनीहरूलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरी सुनिश्चित गर्न सहयोग गर्ने बताएको छ ।

ncell-center-visit-1694956807.jpg

कार्यक्रममा विशेष क्षमता रहेका खेलाडीहरूले आफूहरूका लागि सरकारले पूर्वाधारमा ध्यान नदिएको, प्राथमिकतामा नराखेको, समाजले सकारात्मक दृष्टिकोण नराखेको अवस्थामा समेत आफूहरूले अन्तर्राष्ट्रिय स्तरमा देशका लागि खेलेको बताएका छन् । उनीहरूले एनसेलले अब, आफूहरूलाई सहयोग गर्ने भएकोमा खुसी व्यक्त गरे ।

सात प्रदेशमा १८ कार्यक्रम
एनसेलले यस अवसरमा सामुदायिक स्तरमा लागु हुने १८ वटा सामुदायिक विकास परियोजना हरेकमा १० लाख रुपैयाँसम्मको प्रदान गर्ने घोषणा गरेको छ ।

सात वटै प्रदेशमा एनसेलले प्रदान गर्ने यो सहायता प्राप्त गर्न कुनै पनि गैरनाफामूलक संस्थाहरूले आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुकले एनसेलको वेबसाइटबाट आवेदन दिनसक्ने छन् र तीमध्ये छानिएका सीएसआर आयोजनाका लागि कम्पनीले सहायता प्रदान गर्नेछ । यसरी करिब दुई करोड रुपैयाँ बराबरको सहायता कम्पनीले उपलब्ध गराउने बताएको छ ।

कम्पनीले यी योजना आफ्नो थिम ‘हामी तपाईंकै लागि’ अन्तर्गत रहेको बताएको छ ।

सरकारलाई झन्डै दुई खर्ब ८३ अर्ब, २६ हजारलाई रोजगारी
एनसेलले आफ्नो स्थापनाकालदेखि गत आर्थिक वर्षसम्म कर र शुल्कवापत सरकारलाई दुई खर्ब ८३ अर्बभन्दा बढी भुक्तानी गरेको बताएको छ ।

यस्तै, दिगो विकास हासिल गर्ने सरकारका लक्ष्य अनुरुप विगत १८ वर्षमा शिक्षा, वातावरण र स्वास्थ्यलगायत क्षेत्रमा विभिन्न परियोजनामा एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरेको बताएको छ ।

social-responsibility-1694956801.jpg

यस्तै, कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २६ हजार जनालाई रोजगारी उपलब्ध गराएको जनाएको छ ।

गुनासो सुन्न अधिकारी एनसेल सेन्टरमा, सीईओको ह्यान्डल खुला
कम्पनीको १८औँ वार्षिकोत्सवको अवसरमा एनसेलका उच्च अधिकारीहरूले देशभरका विभिन्न एनसेल सेन्टरको भ्रमण एवं अवलोकन गरेर ग्राहकहरूको गुनासो सुनेका छन् ।

एनसेलका अधिकारी एवं कर्मचारीहरूले सेन्टरको भ्रमण गरेर ग्राहकहरूको सल्लाह सुझाव संकलन गरेका छन् र आवश्यक सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तै, आम प्रयोगकर्ताको  गुनासो सुन्नकै लागि एनसेलका सीईओ जाब्वोरले ‘एनसेलसीईओ’ नामक ट्विटर ह्यान्डल खुला गरेका छन् । त्यहाँबाट उनले एनसेलका सबै गुनासो सुन्ने र आवश्यक सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय