site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४२ अंक घटेको बजारमा शुभम् पावरका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । गत साताको अन्तिम कारोबार दिन बुधबार ३९ अंक बढेर बन्द भएको सेयर बजार आइतबार भने ४२.१४ अंकले घटेर बन्द भएको छ । यसदिन बजार २.०९ प्रतिशत घटेर १९६४.९१ विन्दुमा बन्द भएको हो ।

घटेको बजारमा शुभम् पावर लिमिटेडका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९ रुपैयाँ ६० पैसा बढेको छ भने प्रतिशतको हिसाबमा प्रतिकित्ता १० प्रतिशतले मूल्य बढेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९८५ रुपैयाँ ६० पैसा कायम भएको छ ।

कारोबार रकम भने बढेको छ । दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको अन्तिम करोबार दिन भने एक अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेका छन् । सर्वाधिक परिसूचक घट्नेमा व्यपारी समूह रहेको छ । यो समूहको परिसूचक ३.३३ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक ३.३० प्रतिशत र होटेल तथा पर्यटन समूहको परिसूचक ३.२९ प्रतिशतले घटेको छ ।

एनआईसी एसिया बैंकको सेयर कारोबारले सर्वाधिक बजार हिस्सा ओगटेको छ । यस दिन यो बैंकको २७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो बैंकले गत साता साढे ३० प्रतशित लाभांश दिने घोषणा गरेकाले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ । 

बैंकको सञ्चालक समितिको भदौ २८ गतेको बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro