site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस वर्षको ‘वुमन इन मेडिसिन अवार्ड’ पाँच चिकित्सकलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । यसवर्षको 'वुमन इन मेडिसिन' अवार्ड पाँच चिकित्सकलाई प्रदान गरिएको छ । नेपाल चिकित्सक संघले घोषणा गरेको ‘वुमन इन मेडिसिन इन नेपाल, २०२३ अवार्ड’ डा. अर्चना अमात्य, डा. गीता शाक्य, डा. मीता सिंह, डा. कोकिला वैद्य र डा. प्रमिला प्रधानलाई प्रदान गरिएको हो ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड प्रदान गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी संघले प्रदान गर्ने ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की रानालाई प्रदान गरेको छ । नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै संघले सो सम्मान प्रदान गरेको जनाएको छ ।

सम्मानितहरूलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । 

Global Ime bank

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षाजस्ता संविधानले नै नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारीरूपमा कार्यान्वन गर्न सरकार सदैव प्रयत्नशील रहेको बताए । मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी आवश्यक रहेको र मुलुकमा आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ति तयार गर्न बेलैमा ध्यान दिन सक्नुपर्ने बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की र सम्मान छनौट समितिका संयोजक किरण रेग्मीले पनि संघले गर्दै आएका कामको चर्चा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय