site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै तीन दिन वर्षाको सम्भावना : आज कम, भोलि र पर्सि बढी
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा अझै तीन दिन वर्षाको सम्भावना छ । हिजोअस्तिको तुलनामा शुक्रबार (आज) भने वर्षाको सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाडौंसहित कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “काठमाडौंमा पनि आज दिउँसो र साँझ वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “तर, हिजोअस्तिको तुलनामा आज अलि कम सम्भावना छ । काठमाडौंमा अहिले पनि बादल लागिरहेको अवस्था छ । बिहानै पानी परेको थियो ।”

गएको आइतबारयता देशका धेरै स्थानमा वर्षा भएको छ । स्थानीय र पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको उनले बताए ।

भोलि र पर्सि (शनिबार र आइतबार) पश्चिमी वायु थप सक्रिय हुने अनुमान गरिएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना बढी हुने उनले जानकारी दिए ।

“शनिबार र आइतबार पश्चिमी वायु अझै सक्रिय हुने देखिन्छ । त्यसले हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना छ,” उनले भने, “भोलि पश्चिमी र पूर्वतिर वर्षाको सम्भावना बढी छ ।”

शनिबार काठमाडौंमा पनि दिउँसो र साँझतिर वर्षाको सम्भावना रहेको उनले बताए ।

आउँदो आइतबारको मौसम पनि हिजोअस्ति र भोलि (शनिबार)को जस्तै हुने सम्भावना रहेको उनले उल्लेख गरे । “आज (शुक्रबार) वर्षाको सम्भावना कम हो । त्यसबाहेक आइतबारसम्म हिजोअस्तिकै जस्तो वर्षाको सम्भावना छ,” उनले भने, “काठमाडौंमा पनि आइतबारसम्म दिउँसो र साँझ वर्षाको सम्भावना छ ।”

यो अवधिमा भारी वर्षाको सम्भावना भने ज्यादै न्यून रहेको उनले बताए । उनका अनुसार, एक/दुई स्थानमा भारी वर्षाको न्यून सम्भावना छ ।

आइतबारपछि पनि वर्षाको सम्भावनालाई नकार्न नसकिने उनले बताए । तर, धेरै दिन परको ठ्याक्कै पूर्वानुमान गर्न कठिन हुने उनले स्पष्ट पारे । “अहिले प्रिमनसुनको समय हो । यो बेलामा पानी पर्ने सम्भावना नै नहुने भन्ने त हुँदैन,” उनले भने, “तर, धेरै दिनपछिको भन्दा नमिल्न सक्छ । बादलको गतिविधि देखिन्छ ।”

मार्च, अपिल र मे तीन महिनालाई मनसुनपूर्वको अवधि मानिन्छ । “प्रिमनसुनको समय हो । अहिले भइरहेको वर्षा पनि प्रिमनसुनकै नेचर (प्रकृति)को छ,” उनले भने, “प्रिमनसुनमा हावाहुरी, मेघगर्जन/चट्याङसहित वर्षा हुने हुन्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro