site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अहिलेको राजनीतिले संघीयता बचाउन सक्दैन : रामकुमारी झाँक्री 
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समावादी)की सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् । बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरिको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले संघीयता सबलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताइन् । 

उनले भनिन्, “हामीले कि शासकीय स्वरुप फेरौँ, कि हामीले निर्वाचन प्रणाली फेरौँ, कानुनमा केही न केही फेरौँ । केही पनि नफेरिकन हामी कतै पुग्दैनौँ । संघीयता कसरी बाँच्छ । यो राजनीतिले कसरी बचाउला यो संघीयता ?”

शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने भन्दै उनले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेकाले  संघीयता कहिलेसम्म हो भन्नेकुरामा शंका रहेको बताइन् । 

स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको सचिव झाँक्रीको भनाइ छ । उनले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रियसभामा फेरि ५९ जना किन चाहियो भन्दै प्रश्न गरिन् । 

उनले राष्ट्रियसभामा ५९ सांसद कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्ने जिकिर गरिन् । सचिव झाँक्रीले निर्वाचनको थ्रेस होल्ड बढाउनुपर्ने बताइन् । नेपालका ४० लाख मानिस विचौलियाको धन्दा गरेर जीविकोपार्जन गर्ने गरेको दाबी गरिन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro