site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोरक्को भूकम्प : मृतकको संख्या २९०० नाघ्यो, खोज तथा उद्धार रोकिँदै
फाइल तस्बिर।

रबात (मोरक्को) । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ९०० नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन् ।

पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेस र आसपासका क्षेत्रमा नै भएको छ । लाखौं घरबारविहीन भएका छन् ।

Dabur Nepal
NIC Asia

भूकम्पबाट बचेकाहरू फेला पार्ने सम्भावनाहरू घट्दै गएपछि उद्धार टोलीहरूले देशका पहाडी गाउँमा राहत सामग्री पु¥याउने प्रयासलाई तीव्र गतिमा बढाएका छन् । तर, खोज तथा टोलीहरू अझै पनि जीवित भेटिने आशमा भग्नावशेष खोजिरहेका छन् । राहत सामग्रीले भरिएका सवारीसाधन पहाडी सडकहरूमा लस्कर लागेर गइरहेका छन् ।

मराकेसको दक्षिणका सबैभन्दा बढी प्रभावित क्षेत्रमा घरबारविहीन भएकाहरूका लागि त्रिपालमा आवासको व्यवस्था गरिएको छ । उद्यान तथा सार्वजनिक स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरेर आवासको व्यवस्था गरिएको छ ।

गत शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार ९०१ जनाको मृत्यु भएको तथा पाँच  हजार ५३० जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार ४०० जनाको अवस्था गम्भीर छ ।

भैचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा उद्धार तथा राहत सामग्री पु¥याउन कठिन भएको छ । सडक अवरुद्ध हुँदा विशाल यन्त्र लैजान नसकिएको उद्धारर्मीहरूले बताएका छन् । तर, अन्य प्रभावित स्थलमा युद्धस्तरमा राहत सामग्रीसहितका टोली परिचालन भएका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रस, रेडक्रिसेन्ट, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा केही स्वदेशी परोपकारी संस्था राहत सामग्री लिएर भूकम्प प्रभावित भेगमा पुगेका छन् । खोज तथा उद्धारका काम युद्धस्तरमा  भइरहेका छन् । सरकारले सबै सामाजिक सङ्घसंस्थालाई सहायताका निम्ति आह्वान गरको छ । राससरएएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro