site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एप्पल इभेन्ट २०२३ : आइफोन १५ सहित यी हुन् सार्वजनिक नयाँ उत्पादन
SkywellSkywell

काठमाडौं । एप्पलले सेप्टेम्बर १२ अर्थात् हिजो आफ्नो इभेन्टमार्फत आइफोन १५ र एप्पल वाचलगायत विभिन्न प्रडक्ट सार्वजनिक गरेको छ ।

क्यालिफोर्नियाको कपर्टिनोस्थित एप्पल पार्कमा भएको इभेन्टमार्फत सार्वजनिक बहुप्रतिक्षित आइफोन १५ सिरिजमा यूएसबी टाइप–सी पोर्ट रहेको छ । समग्रमा हेरौँ के कस्ता उत्पादन सार्वजनिक भएः–

आइफोन–१५

KFC Island Ad
NIC Asia

इभेन्टमा एप्पलले नेक्स्ट जेनेरेसनको आइफोन मोडेल आइफोन १५ सार्वजनिक गरेको छ । जसको सेप्टेम्बर २२ देखि बिक्री खुला गरिनेछ । आइफोन १५ मा निम्न विशेषता छन्ः

  • सुपर रेटिना एक्सडीआर र ए१६ बायोनिक चिप
  • पिक ब्राइटनेस
  • आइफोन १५ र १५ प्लस गरेर दुई साइज
  • पाँचवटा रङ भेरियन्ट
  • ४८ मेगापिक्सेल, अटो पोट्रेट मोड र फोरके रेर्कडिङ क्षमताको अत्याधुनिक क्यामेरा
  • लोकेसन सेयर
  • भ्वाइस छुट्याउने क्षमता
  • रोड साइड एसिसटेन्स र आपत्कालीन एसओएस

यीसहितका फिचरहरु नयाँ फोनमा उपलब्ध छ । फोनको सुरुआती मूल्य ७९९ अमेरिकी डलर तोकिएको छ ।

एप्पल इभेन्ट : आइफोन–१५ मा सी टाइप चार्जर, थप के–के ?

आइफोन–१५ प्रो

कम्पनीले यसलाई आजसम्म उत्पादन गरेकै सबैभन्दा ‘प्रो’ आइफोन भनेको छ । आइफोन प्रोको ‘बडी’ फाइभ ग्रेडको टिटानियमले बनेको छ । गेमिङसहित नयाँ सफ्टवयर फिचर अपडेट रहेको फोन थप रिपेयर गर्न सकिने किसिमले बनाइएको छ ।

म्युट बटनलाई रिप्लेस गरेर एक्सन बटन राखिएको छ । यसले फ्ल्यास लाइट अन गर्ने, सिरी सर्टकट जस्ता सुविधा दिनेछ ।

९९९ अमेरिकी डलरबाट सुरु हुने फोनको प्रो क्यामेरामा मल्टिपल लेन्स र ४८ मेगापिक्सल क्षमता रहेको छ । डाटा ट्रान्सफरका लागि यसको पोर्टमा १० गिगाबाइट प्रतिसेकेन्डको स्पिड रहेको छ ।

१. आइफोन १५ प्रो म्याक्स

कम्पनीले फ्ल्यागसिप क्यामेरा क्षमतासहितको आइफोन १५ प्रो म्याक्स सार्वजनिक गरेको छ । आइफोन १५ प्रो म्याक्समा १२० मिलिमिटर फोकल लेन्थ बराबरको लेन्स रहेको छ भने क्यामेरामा २५ प्रतिशत थप सेन्सर छ । फाइभएक्स टेलिफोटो लेन्स रहेको फोनको मूल्य एक हजार १९९ अमेरिकी डलर रहेको छ ।

२. यूएसबी–सी पोर्ट

आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स सबैमा यूएसबी सी टाइप पोर्ट रहेको छ । यस्तै, एप्पलको वायर्ड एयरबड्समा र एयरपोड्स प्रो २ मा पनि सी पोर्ट आएको छ ।

३. एप्पल वाच सिरिज ९

एप्पलले सिरिज ९ को वाच सार्वजनिक गरेको छ । गत वर्षको एप्पल वाच अल्ट्राको लागि अपडेट पनि सार्वजनिक गरेको छ । नयाँ वाचमा एस९ चिप समावेश गरिएको छ भने डबल ट्याप, अन डिभाइस सिर र फाइन्ड योर फोन फिचर उपलब्ध छ ।

नयाँ एडभान्स डिस्प्ले, कस्टुमाइज गर्न सकिने वाच फेस, एक्सरसाइजका बेला डाटा कलेक्ट गर्न पावर जोन र लग वाटर डाइभ सुविधा रहेको वाचको मूल्य ७९९ अमेरिकी डलरदेखि सुरु छ ।

एयरपड्स

आइफोन जस्तै एयरपड्स प्रो २ मा पनि यूएसबी सी पोर्ट रहेको छ । २४९ अमेरिकी डलर मूल्य रहेको योसँगै १९ अमेरिकी डलरको वायर्ड एयरपड्स पनि सी पोर्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आइक्लाउड प्लस

एप्पलले क्लाउड स्टोरेज सुविधा आइक्लाउड प्लसमा ६ टेराबाइट र १२ टेराइबाइट स्पेसको स्टोरेज उपलब्ध गराएको छ । धेरै स्टोरेज चाहिनेका लागि यो फाइदाजनक हुन सक्छ ।

आईओएस

एप्पलले यसको पछिल्लो अपरेटिङ सिस्टम आईओएस १७ सेप्टेम्बर १८ मा निःशुल्क अपडेट गर्न मिल्ने गरी सार्वजनिक भइरहेको बताएको छ । नयाँ आईओएस सार्वजनिक भएसँगै नयाँ आइफोन खरिद नगरे पनि सफ्टवेयर अपडेट गरेर नयाँ फिचरहरु प्राप्त गर्न सकिनेछ ।

यसमा लाइभ भ्वाइसमेल, फेस टाइम अडियो–भिडियो म्यासेज, अरुको फोन आउँदा आफ्नो फोटो चाहेअनुसार देखाउन सकिने कन्ट्याक्ट पोस्टरलगायत सुविधा थपिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro