site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एप्पल इभेन्ट : आइफोन–१५ मा सी टाइप चार्जर, थप के–के ?
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । आउँदो मंगलबार अर्थात् सेप्टेम्बर १२ मा आइफोन १५, एप्पल वाचलगायत नयाँ घोषणा गर्न एप्पल इभेन्ट गरिँदै छ । उक्त इभेन्टमा के–के नयाँ घोषणाको सम्भावना छ भन्ने केही पूर्वानुमान गरिएको छ ।

इभेन्टको नाम वन्डरलस्ट राखिएको छ । इभेन्ट क्यालिफोर्नियाको कपर्टिनोस्थित एप्पल पार्कबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

आइफोन १५ मा यूएसबी टाइप–सी
आइफोन १५ सिरिजअन्तर्गतका फोनमा यो वर्ष सबैभन्दा महत्त्वपूर्ण भिन्नताका रूपमा यूएसबी टाइप–सी चार्जर सपोर्ट हुने ठानिएको छ । लाइटनिङ कनेक्टरको सट्टा आइफोनमा पहिलोपटक टाइप–सी चार्जर ल्याउन लागिएको हो ।

Agni Group

गत वर्ष नै एप्पलले युरोपियन युनियनको नियम पालना गर्ने बताएकाले यसलाई आश्चर्यजनक भने मानिएको छैन । बढीभन्दा बढी चार्जरहरूको पुनः प्रयोग र विद्युतीय फोहर कम होस् भन्ने उद्देश्यले ईयूले सबै फोनमा एउटै किसिमको चार्जर हुनुपर्ने नीति ल्याएको थियो ।

आइफोन १५ अन्तर्गतका सबै फोनमा ३५ वाटको चार्जिङ स्पिड हुने ठानिएको छ ।

Global Ime bank

यस्तै, आइफोन १५ का सबै मोडेलमा डायनामिक आइल्यान्ड हुने अनुमान गरिएको छ । सबै फोनमा अल्ट्रा वाइडब्यान्ड चिप पनि हुने अपेक्षा गरिएको छ ।

दुवै प्रिमियम मोडलमा म्युट टगललाई प्रतिस्थापन गरी एक्सन बटन हुने र त्यसले सर्टकटका रूपमा काम गर्न सक्ने अनुमान गरिएको छ । आइफोन १५ प्रो म्याक्सको रिब्रान्डिङ हुन सक्ने आकलन पनि गरिएको छ ।

एप्पल वाच
एप्पले सिरिज ९ को वाच सार्वजनिक गर्ने ठानिएको छ । तर, यो सिरिजको घडीको साइज ९९ एमएम, टिटानियमको केस र ए१५ प्रोसेसर रहेको एस९ चिप रहने ठानिएको छ । ब्यान्डमा म्याग्नेट र पिंक कलर अप्सनलगायत केही परिवर्तन नयाँ वाचमा हुने अपेक्षा गरिएको छ ।

एयरपड्स प्रोमा पनि यूएसबी सी टाइप
आइफोन १५ मा मात्र नभएर एप्पलको एयरपड्स प्रोमा पनि यूएसबी टाइप–सी चार्जर सपोर्ट हुने अनुमान गरिएको छ । एयरपड्स प्रोमा अरू उल्लेखनीय अपडेट आउने विषय भने बाहिरिएको छैन ।

यस्तै, एप्पलले ९९ अमेरिकी डलर मूल्य पर्नै सस्तोखाले नयाँ एयरपोड्स पनि सार्वजनिक गर्ने ठानिएको छ । एयरपड्स प्रोमा सफ्टवेयर अपडेटसँगै केही थप फिचरको अपेक्षा गरिएको छ ।

आईओएस १७, म्याकओएस सोनोमा
नयाँ आइफोन र वाच ल्याइँदा आईओएस १७ र वाचओएस १० रिलिज हुने डेट पनि इभेन्टमा घोषणा गरिने ठानिएको छ । आइप्याडओएस १७ र म्याकओएस सोनोमा सार्वजनिक हुने मिति समेत थाहा हुनसक्छ ।

यी सबै अपरेटिङ सिस्टमको बेटा संस्करण भने केही समययता सार्वजनिक भइसकेको छ । आईओएस १७ मा स्ट्यान्डबाइ मोड, भ्वाइसमेल ट्रान्सक्रिप्सन र एक जर्नल एपसहित साना तर महत्त्वपूर्ण अपग्रेड देखिएको छ । म्याकओएस सोनोमामा विजेट, गेम मोड र सफारीमा प्रोफाइलसहित अपग्रेड भएको छ ।

आइप्याडओएस १७ मा भने लक स्क्रिन, इन्टरएक्टिभ विजेट, हेल्थ एप, यूएसबी वेबक्याम र क्यामेराका लागि सपोर्ट आउन सक्छ ।

वाचओएस १० मा पनि अपडेटका रूपमा विजेट हुने अनुमान गरिएको छ । वाचओएस १० मा टोपोग्राफिक म्यापिङ, मुड लगिङ र थप वाचफेस  हुनसक्छ ।

यसबाहेक इभेन्टमा के–के नयाँ प्रडक्ट, सिस्टम र सफ्टवेयर सार्वजनिक गरिन्छ भन्ने सोही दिन थाहा हुनेछ । एप्पलको इभेन्ट वेबसाइट र युट्युब च्यानलमार्फत लाइभ हेर्न सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu