site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुवास नेम्वाङको निधन : यी हुन् एमाले सचिवालय बैठकका निर्णय

काठमाडौं । नेकपा (एमाले)ले स्वर्गीय उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गरेको छ । नेम्वाङको निधनपछि बसेको सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गरेको हो ।

नेम्वाङको निधनले पार्टी मात्र नभएर देश नै शोकमग्न भएको एमालेले बताएको छ ।

“पार्टी परिवारमात्र होइन, सिंगो देश शोकमग्न भएको छ । बैठकले उहाँको योगदानको मूल्यांकन गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ,” बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, “मुलुकको संविधान निर्माणका लागि उहाँले खेल्नु्भएको भूमिका नेपालको इतिहासमा अमिट रहेको छ । दुई–दुईपटक संविधानसभाको अध्यक्ष बन्ने दुर्लभ अवसर उहाँले पाउनुभएको हो । नेकपा (एमाले)का उपाध्यक्षको रुपमा, संसदीय दलको उपनेताको रुपमा, सार्वजनिक लेखा समितिको सभापतिको रुपमा उहाँले आफ्नो जिम्मेवारी खरो रुपमा निर्वाह गर्नुभएको छ ।”

ज्ञवालीले नेम्वाङ कति लोकप्रिय थिए भन्ने कुरा उनले लगातार चुनाव जितेबाटै प्रस्ट हुने बताए ।

“उहाँ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा उहाँले ०५६ सालदेखि लगातार पाँचपटक चुनाव जितेबाट पनि प्रष्ट हुन्छ,” ज्ञवालीले भने ।

एमालेले नेम्वाङको सम्मानमा तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, केन्द्रीय कार्यालय, प्रदेशिक कार्यालयहरु र इलाम जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राख्ने निर्णय एमालेले गरेको छ ।

पार्टी र अन्तर्गतका सबै जनवर्गीय संगठनले तीन दिनसमम सबै औचापरिक कार्यक्रम स्थगित गरेको पनि ज्ञवालीले जानकारी दिए । “असोज २ गते उहाँको सम्मानमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिनेछ,” ज्ञवालीले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro