राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ ।
संविधानसभा अध्यक्ष, पार्टीका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनपछि आकस्मिक रूपमा बसेको बैठकमा नेम्वाङ बस्दै आएको कुर्सीमा माला राखिएको छ ।
सचिवालय बैठकमा नेम्वाङ बस्ने गेरेको कुर्सीमा माला राखिएको सार्वजनिक तस्बिरमा देखिन्छ । यसअघिका बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको हो ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकबाट शोक प्रस्ताव पारितलगायत निर्णय गरिनेछ ।
आज बिहान निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिँदै छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १२:०३
प्रतिक्रिया दिनुहोस्