site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जी–२० शिखर सम्मेलन : संयुक्त घोषणामा सबै देश सहमत, रुसको प्रशंसा, युक्रेन आक्रोशित

काठमाडौं । भारतमा भएको विश्वका २० प्रमुख अर्थतन्त्रहरूको समूह जी–२० को शिखर सम्मेलनको संयुक्त घोषणापत्रमा सबै देश सहमत भएका छन् । रुसले सम्मेलनलाई ‘कोसेढुंगा’ भन्दै संयुक्त वक्तव्यमा सबै देश सहमत गराउन भारतले खेलेको भूमिकाको प्रशंसा गरेको छ।

युक्रेन युद्धमा विभिन्न देशको फरकफरक धारणाका कारण यसअघि इन्डोनेसियाको बालीमा भएको सम्मेलनको संयुक्त घोषणा सबै देशले स्वीकार गरेका थिएनन् ।

युक्रेनले भने संयुक्त घोषणामा युद्धलाई लिएर रुसको आलोचना नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

Dabur Nepal
NIC Asia

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश युक्रेनमा रुसी आक्रमणविरुद्ध बलियो रूपमा खडा रहने अडान दोहोर्‍याएका छन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले संयुक्त घोषणामा सजिलै सहमति भएको टिप्पणी गरेका छन् ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जी–२० शिखर सम्मेलनलाई कोसेढुंगाको संज्ञा दिएका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले औपचारिकरूपमा जी–२० को अध्यक्षता स्वीकार गरेपछि ‘ग्लोबल साउथ’को समस्या राखेका छन् । उनले अहिलेको संसार धनमा बढी केन्द्रित रहेको र लाखौँ मानिस अझै भोकै बस्नुपर्ने स्थिति भएका कारण दिगो विकास खतरामा रहेको बताएका छन् ।

आफ्नो भाषणमा लुलाले भारतीय स्वतन्त्रता नेता महात्मा गान्धीप्रति सम्मान व्यक्त गरेका थिए । उनले आफ्नो राजनीतिक जीवनमा महात्मा गान्धीको अहिंसामूलक सङ्घर्षको ठूलो अर्थ रहेको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको शिखर सम्मेलनले जी–२० अझै पनि विश्वव्यापी समस्याको समाधान प्रस्ताव गर्न सक्छ भनेर देखाएको बताएका छन् ।

“विश्वको अर्थतन्त्र जलवायु संकट, कमजोरी र द्वन्द्वको झड्कासँग जुधिरहेका बेला यो वर्षको शिखर सम्मेलनले जी–२० अझै पनि हाम्रा सबैभन्दा महत्त्वपूर्ण मुद्दाको समाधान गर्न सक्छ भनेर प्रमाणित गरेको छ,” उनले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेका छन् ।

सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ अनुपस्थित रहे ।

सम्मेलनमा जापानका प्रधानमन्त्री फुमियो किशिदाले फुकुसिमा आणविक प्लान्टबाट प्रशोधित पानी समुन्द्रमा छोड्ने आफ्नो निर्णयका लागि जी–२० अन्तर्गतका नेताहरूको सहमति सुरक्षित राख्ने प्रयास गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५५ राष्ट्र सदस्य रहेको अफ्रिकन युनियनलाई जी–२० मा स्वागत गर्दै ग्लोबल साउथको उज्ज्वल भविष्यतर्फको कदम भनेका छन् ।

यसपटकको सम्मेलनले अफ्रिकन युनियन (एयू)लाई स्थायी सदस्यका रूपमा समूहमा सामेल गराएको छ । त्यसैले पनि यो सम्मेलन महत्त्वपूर्ण भएको छ ।

आफ्नो अध्यक्षतामा सम्मेलन सफल पारेसँगै भारतले ब्राजिललाई जी–२० को अध्यक्षता हस्तान्तरण गरेको ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro