site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जर्मनीविरुद्ध जापानको सहज जित 

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा एसियाली ‘पावर हाउस’ जापानले जर्मनीविरुद्ध ४–१ को सहज जित निकालेको छ ।

शनिबार जर्मनीको घरेलु मैदान भोस्कवागनमा भएको खेलमा जापानलाई जित दिलाउन जुन्या इतो, अयस उइदा, ताकुमा असानो र आओ तनाकाले समान एक गोल गरे । जर्मनीका लोरे सानेले एक गोल फर्काएका थिए ।

खेलको ११औँ मिनेटमा इतोले गरेको गोलबाट जापानले अग्रता बनाएको थियो । तर, १९औँ मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि उइदाले गोल गर्दै पुनः जापानलाई अग्रतामा राखेका थिए ।

चारपटकको विश्वकप विजेता जर्मनीविरुद्ध जापानले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको थियो । ९०औँ मिनेटमा असानोले गरेको गोलबाट जापानले अग्रतालाई ३–१ मा पुर्‍याएको थियो । इन्ज्युरी समयमा तनाकाले गोल गरेपछि जापानले ४–१ को सहज जित निश्चित गर्‍यो ।

गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा पनि जापानले जर्मनीलाई २–१ ले हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro