site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ : लिङदेन
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कोसी प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाएर राजनीतिक स्थायित्व दिनुपर्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको व्यवस्थाका संस्थापक एमाले र कांग्रेस मिलेर कोसी प्रदेशलाई जोगाउनु राम्रो हुने धारणा व्यक्त गरे ।

राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको उनले उल्लेख गरे । एमाले र कांग्रेस मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने उनको भनाइ छ ।

भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणलाई सरकारले सत्ताको रक्षाकवचका रूपमा प्रयोग गरेको उनले जिकिर गरे ।

आर्थिक कारणले प्रदेशको औचित्य समाप्त हुँदै गएको भन्दै लिङदेनले जातीय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुनेमा जोड दिए ।

प्रमुख राजनीतिक दलहरू नै भ्रष्टाचार र सुन तस्करी प्रकरणमा जोडिएको भन्दै उनले निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरिनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro