site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टियागो ईभीको बुकिङ सुरु 

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले टियागो ईभीको बुकिङ सुरु गरेको छ । इच्छुक ग्राहकले यो लिंकमा https://tatacars.sipradi.com.np/vehicle/bookvehicle/tiago-ev आफ्नो नाम दर्ता गराई नेपालभर रहेको टाटा मोटर्सको शोरुमहरुबाट बुकिङ गर्न सकिनेछ । 

टाटा टियागो ईभी यही मंगलबार ‘नाडा अटो शो २०२३’ मा विशेष कार्यक्रम गर्दै आकर्षक सुरुआती मूल्य सहित सार्वजनिक गर्ने बताइएको छ । 

ग्राहकले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटोशोमा टाटा मोटर्सको स्टल नम्बर एथ्रि वा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स शोरुम जान सकिने टाटा मोटर्सलेले जनाएको छ । 

नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ ।

टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी हो । यो भारतीय ईभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडी हो । 

नेपालमा टाटा टियागो इभी पाँचवटा भेरियन्ट सहित चारवटा कलरमा उपलब्ध हुनेछन् । गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड सहित अटोमेटिक ड्राइभ सिस्टम छ । सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडीसी रेञ्ज ३१५ किमी भनिएको छ । नेपाली बाटोमा २५० किलोमिटरसम्मको रेन्ज दिने अनुमान गरिएको टाटा मोटर्सले जनाएको छ । 

नेपालकै पहिलो, ठूलो र फैलिएको २१ स्थानमा फास्ट चार्जिङ स्टेशनदेखि उच्चस्तरीय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भइसकेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro