राजनीति

काठमाडौं । राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) प्रतिनिधिसभामा पेस गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पे गरे ।
उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रतिवदेन पेस गरेका हुन् ।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २७ गते बुधबार दिनको १ बजे बस्नेछ । रासस
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १९:१९
प्रतिक्रिया दिनुहोस्