site stats
बाह्रखरी :: Baahrakhari
देश
आज राति र भोलि दिउँसो यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) राति पाँचवटा प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 

भोलि दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा सफादेखि आंशिक बदली रहनेछ । 

भोलि कोसी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्