site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कृषि उत्पादन बढाउन यान्त्रिकरण गर्ने योजना छ : मन्त्री भुसाल

काठमाडौं । कृषिमन्त्री डा.वेदुराम भुसालले कृषि उत्पादन बढाउन यान्त्रिकरण गर्ने सरकारी योजना रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरणमार्फत ७७ जिल्लामै लागु गरिएको बताए ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जावाफ दिँदै उनले ट्याक्टर, धान तथा विरुवा रोप्ने मेसिन लगायतका यन्त्र खरिद गरिएको बताए ।

यस्तै, सांसद दिलेन्द्र बडुँले रासायनिक मल खादको उत्पादन स्वदेशमा गर्ने के योजना छ ? भन्ने प्रश्न गरेका थिए । जवाफमा मन्त्री भुसालले जर्मन कम्पनी मलेसियन कम्पनीले अध्ययन गरिरहेको बताए । प्रतिवेदन प्राप्त भएपछि अघि बढ्ने उनले बताए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro