site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबमा भएको घटनाको भत्र्सना गरेका हुन् ।

Dabur Nepal
NIC Asia

“आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा लेखिएको छ, “उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”

सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबको कार्यक्रमबाट निस्कने समयमा खुकुरी प्रहार भएको थियो । उनलाई नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका सापकोटाले आफूलाई ‘राजावादी समूह’का सदस्य बताएका छन् ।

PRCongress-1693997061.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro