site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भारत र पाकिस्तानजस्ता विश्वविख्यात टिमका सामु ‘सिकारु’ लाग्ने नेपाली क्रिकेटर टिक्नै नसक्ने डर कताकता समर्थकहरूमा थियो । तर, नेपाली खेलाडीले समर्थकलाई निराश होइन उत्साहितै बनाए ।   

नेपाली क्रिकेटरहरूले सोमवार श्रीलङ्कामा भारतसँग भएको खेल नजिते पनि उत्कृष्ट खेल प्रदर्शन गरे । यसले फेरि एकपटक नेपाली क्रिकेटको सम्भावना उजागर गरेको छ ।   

खेल हारेको नेपाली क्रिकेट टिमको प्रशंसा भारतीय दर्शक र समीक्षकले समेत गरे । नेपाली खेलाडीको प्रदर्शनको उत्कृष्ट रहेको पुष्टिका लागि यत्ति नै काफी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भारत र पाकिस्तानसँगको खेलमा प्रदर्शित आत्मविश्वास र कौशलले नेपाली क्रिकेटरहरूको क्षमता र सम्भावना प्रमाणित भएको छ । अब राज्यले वास्तविकरूपमै खेलाडीलाई प्रोत्साहन र साथ दिनुपर्छ । 

टिम नेपाल विश्वकप फाइनल खेल्न नपाए पनि संसारको क्रिकेट जगत्को दृष्टिमा भने परिसकेको हुनुपर्छ । यसैले क्षमतावान् खेलाडीले देशभित्र पाएनन् नै भने पनि देशबाहिर अवसर पाउन सक्छन् ।

Global Ime bank

नेपाली क्रिकेटरहरूको खेल कौशलको मुग्धकण्ठले प्रशंसा भएको छ । उनीहरूको प्रदर्शनबाट देशको कीर्ती रहनु र खेलाडीको भविष्य चहकिलो देखिनु राष्ट्रिय गौरव र हर्षको विषय हो । 

नेपालभित्र भने खेल र खेलाडीलाई प्रोत्साहित गर्ने वातावरण देखिँदैन । सरकारी वा निजी क्षेत्रले प्रतियोगिताका समयमा विभिन्न वाचा त गर्छन् तर प्रायः खेल सकिएपछि बिर्सन्छन् ।

अर्कोतिर खेलको विकास सरकारका हर्ताकर्ताको प्राथमिकतामा पर्ने गरेकै छैन । फलस्वरूप बजेट बनाउने बेला खेलकुद प्रायः ओझेलमा पर्छ । पुरस्कारका लागि सधैँ पटके निर्णय हुन्छ ।

खेलको विकासका लागि भनिएका सरकारी र गैरसरकारी संस्थाका पदाधिकारीको ध्यान खेलाडीको हितभन्दा निजी स्वार्थमा बढी जाने गरेको छ । नेपाल क्रिकेट संघ पनि अपवाद बन्न सकेको छैन । 

सबै क्षेत्रमा निराशा व्याप्त भएका बेला बेलाबखत खेलकुदमा प्राप्त सफलताबाट नेपालीको अनुहारमा हाँसो देखिने गर्छ । यसलाई ‘अनुत्पादक क्षेत्र’ नठानीकन सरकार र उद्यमी व्यवसायीले पनि मन फुकाएर भरथेग गरून् ।

क्रिकेटरहरूको प्रतिभा प्रस्फुटनका निम्ति खेल मैदानलगायतका पूर्वाधारको विकास र जीवनवृत्तिको व्यवस्था अनिवार्य हुन्छ । अन्तर्राष्ट्रिय स्तरका खेलाडी बनाउन सुविधा पनि सोही स्तरको जुटाउनुपर्छ ।

भौतिक पूर्वाधारको विकास र खेलाडीको आजीविकाको जिन्म्मा विभिन्न तहका सरकारहरूले लिनुपर्छ । सक्षम उद्यमी व्यवसायीले सामाजिक उत्तरदायित्वका रूपमै भए पनि खेलाडीलाई प्रोत्साहन हुने दिगो व्यवस्था मिलाउनु उचित हुनेछ ।

हारेर पनि शिर ठाडो भएको यस अवसरलाई खेल क्षेत्रको समग्र समीक्षा गर्न र योजनाबद्ध विकासको खाका बनाउन प्रयोग गर्नु उचित हुनेछ । नेपाल क्रिकेट संघका पदाधिकारीले आपसी दन्तबझान छाडी क्रेिकेट र क्रिकेटरको हितमा सबै क्षेत्रलाई एकजुट बनाउन ध्यान दिऊन् ।     

हारेर पनि स्याबासी पाउने नेपाली क्रिकेटरप्रति देश गौरवान्वित छ । कहिले कहीँ हार्ने पनि ‘सिकन्दर’ हुन्छन् । नेपाली खेलाडीहरूलाई उत्तरोत्तर प्रगतिको शुभकामना !
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC