
काठमाडौं । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन एमोरीमले टोलीका मिड–फिल्डर मेसन माउन्टले आफ्नो मिहिनेतको उचित परिणाम आएको बताएका छन् । बिहीबार एथलेटिक बिल्बाओलाई ५–१ ले पराजित गर्दा दोस्रो हाफमा माउन्टले मैदान प्रवेश गर्दै दुई गोल गरेका थिए ।
यही प्रदर्शनको प्रशंसा गर्दै प्रशिक्षक एमोरिमले माउन्टको मिहिनेतले उचित परिणाम आएको बताएका हुन् । “म माउन्टको प्रदर्शनलाई लिएर निकै खुसी छु । माउन्ट धैरै मिहिनेत गर्ने खेलाडीमा पर्छ । उनले जस्तो दैनिक रूपमा मिहिनेत गर्ने खेलाडी भयो भने जसलाई पनि सहयोग गर्न मनलाग्छ,” खेलपश्चात सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रशिक्षक एमोरिमले भने, “माउन्ट अधिकांश समय चोटका कारण लठ्ठीको सहारामा बसेका छन् । तर, पनि उनी सधैँ सकारात्मक रहे । आफ्नो स्थानका लागि उत्कृष्ट छन् ।”
उनको दुई गोलसहित म्यान्चेस्टर युनाइटेडले समग्रमा बिल्बाओलाई ७–१ ले पराजित गर्दै युरोपा लिगको फाइनलमा स्थान बनाएको थियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका माउन्टले १० मिनेटको अन्तरालमा गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । अब फाइनलमा म्यान्चेस्टरले टोटनह्या होस्टपुरसँग खेल्नेछ । आगामी मे २२ मा बिल्बाओस्थित सान मामेज रंगशालामा फाइनल खेल हुने तालिका छ ।