बाह्रखरी फोटो
काठमाडौं । देशभरका नर्सिङ कलेजहरूमा भर्ना खोल्नुपर्ने माग गर्दै मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिको अगुवाइमा धर्ना दिइएको हो ।
प्रदर्शनमा सहभागीले थाल र सिटी बजाउँदै आफूहरूका माग पूरा गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले २५औँ दिन पनि धर्नालाई निरन्तरता दिएका हुन् ।
प्रदर्शनकारीले ‘गुणस्तरीय प्राविधिक शिक्षा हाम्रो प्रतिबद्धता’, ‘विद्यार्थी बेच्न पाइँदैन, चिकित्सा शिक्षा आयोग चाहिँदैन’, ‘गोविन्द केसी र भ्रष्ट शिक्षामन्त्री मुर्दावाद’ लगायत नारा लगाएका थिए ।
माइतीघरमा धर्नापछि नारा लगाउँदै उनीहरू नयाँ बानेश्वर पुगेका थिए । त्यसपछि पुनः माइतीघर फर्किएका थिए ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १४:१२
प्रतिक्रिया दिनुहोस्