site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कसलाई चेकजाँच गर्ने, कसलाई नगर्ने ? 

१. बाहालवाला गृहमन्त्रीको गाडीमा एयरपोर्टबाट सुन तस्करी गरिँदै गर्दा टायर पन्चर भएको चर्चा ।
२. भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तहरू सरकारी गाडीमै आउजाउ गरेको खुलासा ।
३. भेपमा सुन तस्करी गरिँएको र त्यो सुन छुटाउन पूर्वसभामुखका छोरा एयरपोर्टमा पुगेको जानकारी ।
४. ३३ किलो सुन प्रकरणमा प्रहरीकै संलग्नताको आशंकामा छानबिन ।
५. एम्बुलेन्समा रक्तचन्दन तस्करी ।

यी माथिका थोरै प्रतिनिधि घटनाले हाम्रो समाजको यथार्थला चित्रण गर्छन् । यीलगायतका घटनाको सूक्ष्म अध्ययन गर्ने हो भने प्रहरी प्रशासन र सरकार कहाँ र कसरी चुक्छ भन्ने पनि स्पष्ट हुन्छ ।

बालेन्द्र शाहले प्रहरीले चेकजाँच गर्ने भनेको सर्वसाधारणलाई हो मजस्तो काठमाडौंको मेयरकी पत्नीलाई होइन भनेर चुनौती दिइरहेका छन् । त्यसमा मिश्रित प्रतिक्रिया आइरहेको छ । जनसाधारणबाट मिश्रित प्रतिक्रिया आउनुलाई सामान्य एवं स्वभाविकरूपमा लिन सकिन्छ । तर, जब प्रहरीलाई नै यसमा ठूलो गल्ती भए झैँ रक्षात्मक बन्न बाध्य पारिन्छ अनि माथिका उदाहरणहरूको उदय हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले चेकजाँच किन गर्छ ? त्यो निमुखा नागरिकका लागि मात्र हो ? यस सवालको सही जबाफ सायद आजका प्रहरी प्रशासनले दिन सक्दैन । किन ? किनभने बालेनसँग जनदबाब उत्पन्न गर्नसक्ने जमात छ । जनदबाब दिन सक्नेसँग पनि प्रहरी प्रशासन र सरकार झुक्नुपर्छ भन्ने मान्यता कायम गर्न खोजिएको छ ।

त्यसैगरी प्रहरी आफैँ पनि अनुकूल सरुवा एवं बढुवाको लागि राजनीतिक नेतृत्व, शक्ति एवं सरकारलाई रिझाउने प्रयासमा हुन्छन् । त्यसैले यिनलाई चेकजाँचलगायतका कारबाही गर्न सक्दैनन् । अनि आफ्नै वरिष्ठ, हाकिमहरूलाई त गर्ने कुरै पनि भएन । अनि बाँकी रहने त निमुखा जनता न हुन् । अरू, छट्टुहरूले त एउटा न एउटा राजनीतिक पार्टीको फेरो समाएकै हुन्छन् । कुनै न कुनै नेता, शक्तिकेन्द्रसँग सम्बन्ध कायम गरेकै हुन्छन् ।

Global Ime bank

गृहमन्त्री, मन्त्रीहरूको गाडीबाट तस्करी र अपराधीको आवतजावत हुँदोरहेछ भने महानगरपालिकाको गाडीबाट हुँदैन भन्ने कुनै ग्यारेन्टी हुन्छ ? त्यसो हो भने प्रहरीले रोकेर किन पूरा चेक नगरी छाडेको ?  सामान्य नागरिकले सवारी चालक अनुमति पत्र घरमा छुटेछ भन्दा जरिवाना रसिद थमाउने प्रहरीले बालेनको गाडीलाई बिदाको दिनमा सवारी चलाउने अनुमती पत्र घरमा छ भन्दा किन त्यत्तिकै छाडेको ? मेयर पत्नी भएकैले विशेष सुविधा पाउनुपर्ने हो ? एम्बुलेन्समा समेत रक्तचन्दन तस्करी गरिएको समाचार आएकै हो ।

त्यसैले प्रहरीले आफ्नो कर्तव्य पालना गरेकोमा गर्व गर्नुपर्नेमा किन हीनताबोध ध्वनित हुने प्रेस नोट आएको 'एक मिनेट र सात मिनेट'को ?

बालेन त प्रतिनिधि पात्रमात्र हुन् जो चर्चामा आए र 'सिंहदरबारमा आगो लगाउने' खुला चुनौती दिए । यस्ता बालेनहरू हरेक दिन, हरेक क्षेत्रमा देखा परिरहेका छन् । कोही एयरपोर्टमा भेप छुटाउन पुग्छन्, कोही मन्त्री नै तस्कर र तस्करीका सामान गाडीमा हालेर दौडन्छन्, कोही एम्बुलेन्सको आवरणमा तस्करी गर्छन्, कोही तस्करीको सामानमा भाग खोज्दै हिँड्छन् ।

त्यसैले सरकारले यो तअभन्दा माथि जे गरे पनि छुट हुन्छ कानुन लाग्दैन, चेकजाँच गर्न पाइँदैन भनेर कानुन बनाए हुन्छ । त्यसपछि प्रशासन, प्रहरीले कुनै बालेन वा बालेन पत्नीलाई कोटेश्वरमा रोक्ने छैन । एयरपोर्टमा तस्करीको माल छुटाउन जाँदा ससम्मान गर्व गर्न पाइनेछ ।  तस्करलाई मन्त्रीकै गाडीमा ओहोरदोहोर गराएर सलाम ठोकाउन पाइनेछ । कानुन नै बनाएपछि प्रहरी, प्रशासनमात्र होइन अदालतले समेत छुन सक्नेछैन ।

अन्यथा, प्रहरी प्रशासन सुध्रिनुपर्छ । बालेनहरूबाट सजग रहनुपर्छ । नियमित चेक जाँचमा कसैले अवरोध गरे स्वीकार्य हुनु हुँदैन । सामान्य नागरिक हुन् कि ठूलाठालु, हाकिम वा बहालवाला मन्त्री नै किन नहुन् प्रहरीले सबैलाई समान व्यवहार गर्नुपर्छ । कसैको ठूलो स्वर वा जमात छ भनेर पन्छिनु, पछि हट्नु पनि हुन्न । 

अहिले बजारमा देखिएको जस्तो कसैलाई देवत्वकरण गर्नुपर्ने कारण र नियम नेपालमा छैन र कहिल्यै हुनु पनि हुँदैन । अनिमात्र जनताको शासन कायम ठहरिनेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !