site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास हरायो : सांसद केसी
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताएका छन् ।

एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीको सरुवा गरिएकाले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको उनले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले भ्रष्टाचारका फाइल एकपछि अर्को खोलिए पनि त्यो बीचमै तुहिने अवस्था आएको उल्लेख गरे । उनले त्यसतर्फ सरकारलाई सचेत गराए ।

सांसद केसीले मुलुकमा सामाजिक सद्भाव बिलोलिने काम भइरहँदा पनि सरकार मूकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरे ।

Royal Enfield Island Ad

“भ्रष्टाचार र तस्करीबाट सम्पूर्ण देश आक्रान्त छ । जबसम्म भ्रष्टाचारलाई सही ढंगबाट जरोसम्म पुगेर त्यसलाई निराकरण गर्न सकिन्न, त्यति बेलासम्म सुशासनको प्रत्याभूति हुन सक्दैन । भ्रष्टाचारविहीन समाज नै सुशासनको प्रत्याभूतिको आधार हो । फाइलहरू एकपछि अर्को खुलेका छन्, तर ती कुनै पनि टुंगोमा नपुग्ने र बीचमै त्यो तुहिनेखालको जो परिस्थितिहरू देखा परेको छ, सम्माननीय सभामुख महोदय, पाँच महिना र सात महिना नपुग्दै अहिले प्रहरी अफिसरहरू जुन ढंगले परिवर्तन भएका छन्, त्यो परिवर्तन के का लागि, किन ? कमसेकम न्यूनतम एक वर्षसम्म रहने त सामान्य नियम हो,” उनले भने, “जुन ढंगले सरुवा गर्ने काम भएको छ, त्यसले आमरूपबाट भष्टाचार गतिविधिहरूलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको छ । सरकार यतातिर सतर्क बनोस् ।”

भ्रष्टाचार नियन्त्रणका लागि विगतमा बनाइएका आयोगहरूको सुझाव कार्यान्वयन नभएको उनले स्मरण गरे । अब बनाइने आयोगले पनि केही काम गर्ला भनेर अपेक्षा गर्न सकिने अवस्था नरहेको उनले पटकपटक दोहोर्‍याए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro