site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालविरुद्ध भारत : ‘प्लेयर्स टू वाच’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारतविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको सुपर फोरको टिकट काट्नेछ । सुपर फोरमा प्रवेशका लागि भारत जित्नैपर्ने दबाबसहित मैदान उत्रिनेछ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल र भारतबीचको खेलअघि बाह्रखरीले दुवै टिमका समान दुई खेलाडीलाई ‘प्लेयर्स टू वाच’मा राखेको छ ।

नेपाल 

Royal Enfield Island Ad

sompal-1693815197.jpg

सोमपाल कामी

अनुभवी अलराउन्डर सोमपाल कामी एसिया कप–२०२३ को पहिलो खेलमा पाकिस्तानविरुद्ध आफ्नो क्षमतालाई सावित गरिसकेका छन् । उनले मुल्तानमा आफ्नो टिमको २३८ रनको हारमा पनि दुई विकेट लिए र २८ रन बनाए । नेपालबाट ४८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कामीले सर्वोत्कृष्ट ५/३३ सहित ६५ विकेट लिएका छन् ।

टिमलाई आवश्यक अवस्थामा ब्याटबाट पनि प्रभावशाली प्रदर्शन गर्ने सोमपालले दुई अर्धशतकसहित ५०६ रन बनाएका छन् । पाकिस्तानविरुद्ध इनिङ्सको सुरुआतमा करण केसीसँगै उनको बलिङ प्रभावशाली थियो । यसैकारण आज भारतविरुद्धको खेलमा सोमपालमाथि नेपाली समर्थकको नजर रहनेछ ।

Rohit-Poudel-1693402583.jpg

रोहित पौडेल

नेपाल र भारतबीचको प्रतिस्पर्धामा कप्तान रोहित पौडेल हेर्न लायक खेलाडी रहनेछन् । २० वर्षको उमेरमै नेपालको कप्तानी सम्हालेका रोहितले सानो उमेरमा नै छुट्टै पहिचान स्थापित गराइसकेका छन् । नेपालबाट ५३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पौडेलले ३१.२५ को औसतमा एक शतक र आठ अर्धशतकसहित एक हजार ४६९ रन बनाएका छन् । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।

पाकिस्तानविरुद्धको पहिलो खेलमा ‘गोल्डेन डक’ भएका रोहित आजको खेलमा भने नेपाली ब्याटिङको नेतृत्व गर्ने लक्ष्यमा हुनेछन् । बाबर र इफ्तिखारको शतकका कारण नेपालले खेलमा आफ्नो पकड गुमाउनुअघि उनले ‘मेन इन ग्रिन’का ब्याटर्सहरुलाई लामो समयसम्म शान्त राखेकाले पाकिस्तानविरुद्धको रोहितको कप्तानी प्रशंसनीय बनेको थियो ।

भारत

Pandya-1693815196.jpg

हार्दिक पन्ड्या

पछिल्लो समय भारतलाई कठिन समयमा उद्धार गर्ने अलराउन्डरको रुपमा उदाएका छन्, हार्दिक पन्ड्या । पाकिस्तानविरुद्ध ६६–४ को नाजुक अवस्थामा रहँदा उनले नै इशान किसनसँग १३८ रनको साझेदारी गर्दै भारतलाई सम्मानजनक योगसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

पाकिस्तानविरुद्ध पन्ड्याले ९० बलमा ८७ रन बनाएका थिए । यसैकारण नेपालविरुद्धको खेलमा पन्ड्याको यो लयले निरन्तर पाउँछ, पाउँदैन हेर्न रोमाञ्चक हुनेछ ।

Ishan-1693815196.jpg

इशान किसन

पाकिस्तानविरुद्ध केएल राहुलको अनुपस्थितिले इशान किशनलाई विकेटकिपरको भूमिका निर्वाह गर्ने बाटो खुलेको थियो । इशानले यो अवसरको सदुपयोग गर्दै ८१ बलमा ८२ रन बनाएका थिए ।

पाकिस्तानका पेसर लयमा रहँदा सुरुमा इशानले संयम प्रदर्शन गरे । र, इनिङ्स अघि बढ्दै जाँदा ठूला शट खेल्न सक्ने आफ्नो शक्तिशाली क्षमता प्रस्तुत गरे । नेपालविरुद्धको खेलमा पनि भारतीय समर्थकहरुले किसनबाट थप उल्लेखनीय प्रदर्शनको उत्सुकतापूर्वक अपेक्षा गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro