site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल अन्तिम खेलअगावै सेमिफाइनलमा 

काठमाडौं । कतारविरुद्ध नौ विकेटको सहज जित निकाल्दै नेपाल आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’को आफ्नो अन्तिम खेलअगावै नेपाल सेमिफाइनलमा पुगेको हो ।

सोमबार मलेसियाको बांगीमा भएको खेलमा कतारले प्रस्तुत गरेको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो । नेपालको जितमा काजल श्रेष्ठले ३२ रन बनाइन् । इन्दु वर्मा र सीता रानामगर क्रमशः २० र १७ रनमा अविजित रहे । 

कतारकी सबिजा अदियेरी पानायानले एक विकेट लिइन् ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कतारले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७४ रन बनाएको थियो । कतारकी साची धाद्वालले २१ रन जोडिन् । ओपनर एदिना खानले १५, एन्जेलियना मारेले १४ र कप्तान आइसाले १० रन थपे । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी इन्दु वर्माले तीन विकेट लिए । चार ओभर बलिङ गरेकी उनले १० रन खर्चिइन् । पूजा महतो र कविता जोशीले समान एक विकेट लिए ।

समूह ‘ए’मा लगातार चौथो जितसहित नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । चार खेलबाट आठ अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई पाँच रनले हराएको थियो । दोस्रो खेलमा बहराइनमाथि १० विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा भुटानलाई तीन विकेटले हराएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।

प्रतियोगिताको यो समूहमा नेपालसँगै भुटान, मलेसिया, कतार, बहराइन र यूएई छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro