site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आठ महिनामा रुसी सेनामा दुई लाख ८० हजारजनाको भर्ती
तस्बिर : एएफपी ।

मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रुसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन् ।

युक्रेनसँगको आक्रामक कारबाही १९औँ महिनामा चलिरहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षित गर्ने प्रयास गरिएको उनले बताए । उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

रुसी सेनाले अनलाइन र त्यहाँका सडकहरूमा व्यापक विज्ञापन गरेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ ।

सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभदेवले युक्रेनमाथि आक्रमणको समर्थन गर्दै आएका छन् । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro