site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोट : भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटमा नेपालले भुटानविरुद्ध तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

मलेसियाको बांगीमा सम्पन्न खेलमा भुटानले प्रस्तुत गरेको ४० रन झिनो लक्ष्य १३.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

भुटानी बलरविरुद्ध ब्याटिङमा संघर्षरत देखिएको नेपाली टिमका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।

Dabur Nepal
NIC Asia

नेपालबाट १२ रन बनाएकी कप्तान रुविना क्षेत्री दोहोरो अंकमा रन जोड्ने एकमात्र ब्याटर बनिन् । यसबाहेक, कविता जोशीले नौ, सीता रानामगरले आठ र पुजा महतोले तीन रन जोडिन् । नेपालका सम्झना खड्का, इन्दु वर्मा, कविता कुँवर र अस्मिना कर्माचार्य ‘डक’ भएका थिए ।

नेपाली ब्याटरलाई दबाबमा राखेको भुटानका लागि अन्जुली घल्लीले तीन विकेट लिइन् ।

चार ओभर बलिङ गरेकी अन्जुलीले एक मेडन राख्दै १२ रन खर्चिइन् । छिरिङ जोङ्मोले दुई विकेट लिँदा अन्जु गुरुङ र सोनम चोदेनले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ३९ रनको योगफल खडा गरेको थियो ।

भुटानी कप्तान डेचेन वाङ्मोले २१ रन बनाइन् । यसबोहक, अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी पुजा महतोले तीन विकेट लिइन्् । तीन ओभर बलिङ गरेकी पुजाले एक मेडन राख्दै ६ रनमात्र खर्चिइन् । कविता कुँवर, रुविना क्षेत्री र खुशी डंगोलले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले यसअघि आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच रनले हराएको थियो । दोस्रो खेलमा बहराइनविरुद्ध नेपाल १० विकेट विजयी भएको थियो ।

प्रतियोगिताको यो समूहमा नेपालसँगै भुटान, मलेसिया, कतार, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro