site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजारभन्दा बढी परिवार विस्थापित

काठमाडौं । क्यानडाका धेरै जंगलमा डढेलो लागेको छ । पश्चिमी प्रान्तका ब्रिटिस कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरूमा डढेलो लागेको हो । खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रणबाहिर रहेको बताइएको छ ।

२४ घण्टामा करिब २० ठाउँमा डढेलो लागेको छ । धेरैजसो डढेलो चट्याङका कारण लागेको हो । देशभर ४२० स्थानमा डढेलो लागेको बताइएको छ ।

Dabur Nepal
NIC Asia

सरकारले चार हजार २०० भन्दा बढी परिवारलाई जोखिम क्षेत्रबाट स्थानान्तरण गरेको छ । ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको छ । डढेलोको कारण प्रभावित प्रान्तमा दुई हप्ता आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

ब्रिटिस कोलम्बियाले गएको हिउँददेखि खडेरीको सामना गरिरहेको छ । उत्तरी क्षेत्रमा पानी नपर्दा आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro