site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालको विजयी सुरुआत

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पाँच रनको जित निकालेको छ ।

बिहीबार मलेसियाको बायुमस स्पोर्ट्स एन्ड इभेट कम्प्लेक्समा भएको खेलमा नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघमले २८ रन बनाए पनि टिमको हार टार्न सकिनन् । एइना हमिजाह हासिमले १४ र मास एलिसाले १० रन जोडिन् । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी कविता कुँवर र कविता जोशीले समान दुई विकेट लिए । कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । नेपालकी सीता रानामगरले ३८ रन जोडिन् । अप्सरी बेगम १७ र कप्तान रुविनाले १२ रन बनाए । नेपालकी ओपनर काजल श्रेष्ठ, सम्झना खड्का र इन्दु वर्मा भने ‘गोल्डेन डक’ भएका थिए ।

मलेसियाकी एइना हमिजाह हासिमले दुई विकेट लिइन् । महिराह इजाती इस्माइल, आइसा एलिसा र निक नुर अतिएलाले समान एक विकेट लिए ।

जितसँगै दुई अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा नेपालसँगै भुटान, मलेसिया, कतार, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro