site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समिति सभापतिलाई सभामुखको निर्देशन : काम प्रभावकारी ढंगले सञ्चालन गर्नू
फाइल तस्बिर।

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् ।

बुधबार सभामुख, उपसभामुखसहित १० वटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिए ।

समितिमा आउने विधेयकहरुलाई आवश्यकताअनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन उनले निर्देशन दिए । समितिहरुले गतिका साथ काम गर्नुपर्ने उनले बताए ।

“अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरु अब समितिमार्फत पूरा गर्ने । र समितिहरुलाई प्रभावकारी ढंगबाट काममा अगाडि बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरु भयो,” उनले भने, “खास गरी आएका विधेयकहरु समितिमा गएका छन् । अब आउने विधेयकहरु पनि समितिमै जान्छन् । समितिमा सरोकारवालाहरुसँग आवश्यकता अनुसार बस्ने उहाँहरुको कुराहरु सुन्ने । र सबै आ–आफ्नो समितिमा माननीयज्यूहरुले घनिभूत ढंगबाट दफावार छलफल गर्ने, छिटो टुंग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडि बढ्नुस् भन्ने कुराहरु सभामुखको तर्फबाट भन्ने काम भयो ।”

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरुले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सही ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनले समितिले गरेका निर्णयहरुलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको बताए ।

“हामीले एकदमै आफूलाई देशको लागि साक्षी राखेर काम गर्नुपर्ने अवस्था भएको हुनाले चाँडैभन्दा चाँडै सही ढंगले काम थाल्नुप¥यो । सही ढंगले निर्णय गर्नुप¥यो,” उनले भने, “निर्णय गर्ने मात्रै होइन, निर्णयलाई लागु पनि गर्नुप¥यो भन्ने विषयमा आज निर्देशनहरु भए । छलफलहरु भए ।”

कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरु र विधेयकसँग सम्बन्धित कामहरुको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताइन् । 

उनले समितिको कामको प्रभावकारिताले नै संसद्को प्रभावकारिता बढ्ने भएकाले सोही अनुरुप गम्भीरतापूर्वक समितिका काम, कारबाही अगाडि बढाउन सभामुखले निर्देशन दिएको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro