site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड नेतृत्वमा सहमतीय सरकार बन्छ भने कुर्सी छाड्न तयार छु : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकलाई अघि बढाउन वर्तमान सरकारलाई राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने बताएका छन् ।

टुरिष्ट बस एसोसियसन अफ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा किरातीले मुलुकका सबै समस्या समाधानका लागि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने र यसका लागि आफू कुर्सी छाड्न पनि तयार रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि सबैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किरातीले राष्ट्रिय सहमतिका लागि आफूले जस्तोसुकै त्याग गर्ने जिकिर गरे । उनले सबै राजनीतिक दलहरु मिलेर नै संविधान जारी भएको भन्दै सबैको एकताबाट नै राष्ट्रिय समस्या समाधान हुन सक्ने बताए ।

त्यस्तै, मन्त्री किरातीले एकात्मक राज्यका समयमा बनाइएको पर्यटन ऐनलाई अब संघीयताअनुसार परिवर्तन गर्नुपर्ने र यस क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्