site stats
बाह्रखरी :: Baahrakhari
देश
ललिता निवास जग्गा प्रकरण : दोस्रो दिनसम्म पाँच अभियुक्तको बयान सकियो 

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना मुद्दामा आज थप तीन प्रतिवादीसँग बयान भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका अभियुक्तहरूसँग जिल्ला अदालत काठमाडौंले सोमबारदेखि बयान थालेको थियो ।

ललिता निवासको मुद्दा न्यायाधीश भोलानाथ ढकालको इजलासमा परेको छ । इजलास नम्बर १३ मा इजलास अधिकृतहरूले सोमबारदेखि बयान लिइरहेका छन् ।

सोमबार अभियुक्तहरू शिवजी भट्टराई र रुद्रकुमार श्रेष्ठको बयान भएको थियो । मंगलबार मीनबहादुर गुरुङ, कलाधर देउजा र बालकृष्ण श्रेष्ठको बयान भएको छ । थुनामा रहेका १७ प्रतिवादीमध्ये दुई दिनमा पाँच अभियुक्तको बयान मात्र सकिएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बुधबारदेखि पाँचजनाका दरले बयान हुने छ । आगामी आइतबारसम्म पक्राउ परेका सबैको बयान सक्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । उनीहरूसँगै  मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्