site stats
बाह्रखरी :: Baahrakhari
देश
वैवाहिक बलात्कार मुद्दामा श्रीमान्‌लाई कारबाहीको माग गर्दै आएकी आरतीले तोडिन् अनशन

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा श्रीमान् भुवन गिरीलाई कारबाहीको माग गर्दै आएकी आरती रावल (गिरी)ले अनशन तोडेकी छन् । 

मंगलबार गृह मन्त्रालयका उपसचिव कुलबहादुर जीसी र आरती गिरीबीच दुईबुँदे सहमतिपछि उनले अनशन तोडेकी हुन् । 

Argakhachi Cement Island Ad

दुई बुँदे सहमतिमा  श्रीमान्‌विरुद्धको वैवाहिक बलात्कार मुद्दा अदालतमा विचाराधीन रहेकाले आरतीको सुरक्षाका लागि गृह मन्त्रालयले मातहतका निकायलाई आवश्यक निर्देशन र सहजीकरण गर्ने भनिएको छ । 

दोस्रो बुँदामा १० असार २०८० देखिको अनशन अन्त्य गर्ने भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्