site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउँदैमा मुद्दा खारेज गर्नु हुँदैन : रमेश लेखक
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्न नहुने धारणा राखेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समूहलाई उनीहरुको मुद्दा खारेज गर्ने गरी पारित गर्नु नहुने बताए । यसको लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

“हिंसात्मक गतिविधिमा संलग्न भएका समूहका सदस्यहरु थुनामा रहेकोमा मुक्त गर्ने र मुद्दाहरु खारेज गर्ने व्यवस्था गरेर यसले ल्याएको छ । यसलाई यसै रुपमा पारित गर्नुहुन्न,” उनले भने, “म यो आग्रह गर्न चाहन्छु । यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुगेर जानुपर्छ ।”

उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रस्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनर्विचार गर्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्