site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादी सांसद्को प्रश्न– गिरीबन्धु टी–स्टेटको फाइल कहिले खुल्छ ?

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद् अमरबहादुर थापाले गिरीबन्धु टी–स्टेटको फाइल कहिले खुल्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले ३४३ बिघा जग्गाको मूल्य खरबौं रहेको बताए । त्यो जग्गा राष्ट्रका नाममा ल्याउने कि व्यक्तिलाई धनी बनाउने भन्दै प्रश्न गरे ।

“अहिले गिरीबन्धुको कुरा पनि आएको छ । ०२१ सालमा अधिकरण गरेको जग्गा २१ सालमै भूमिसुधार ऐनअन्तर्गत हदबन्धी लागेको जग्गा,” उनले भने, “फेरि पनि सट्टापट्टा गरेर गिरीबन्धुलाई जग्गा दिएर त्यहाँ तस्करीको अवस्था कसले कहाँनेर सिर्जना गरेको छ ? त्यो फाइल कहिले खुल्छ सरकारले जवाफ दिनुपर्‍यो ।”

उनले सुन तस्करी प्रकरणको कारबाही कहाँ पुग्यो, भुटानी शरणार्थीको अवस्था सदनमा जानकारी गराउन माग गरे ।

आजकै ससद्को विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले गिरीबन्धु टि स्टेट लागयतका सबै फाइल सरकारले छान्नुपर्ने बताएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro