site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नागरिक उड्डयन प्राधिकरणविरुद्धको रिटमा पहिलो ‘अटोमेसन’ तारिख

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि ‘अटोमेसन’ पेसी तारिखको अभ्यास गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसनमा पेसी तारिखको शुभारम्भ गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिले पक्षपात नगर्ने भन्दै न्यायालयको विश्वास बढाउन र सेवाग्राहीलाई भरपर्दो सेवा प्रदान गर्न अटोमेसनमा पेसी तारिख सुरु गरिएको बताए ।

पेसी तारिख अटोमेसनमा रिट वा मुद्दा लिएर आउने सेवाग्राहीले दर्ता भएसँगै कम्प्युटरको प्रणालीभित्रैबाट पेसी/तारिखको मिति पाउनेछन् ।

यो प्रणालीबाट पहिलो पेसी तारिख नागरिक उड्डयन प्राधिकरणविरुद्ध अनमोल फ्यासिलिटी क्लिनर्स प्रालिसहितले दायर गरेको रिटले पाएको छ । सार्वजनिक खरिद ऐनसँग सम्बन्धित रिटको पेसी आउँदो कात्तिक ७ गतेका लागि तोकिएको छ ।

iqefdmg1693205968.jpg

अटोमेसनमा प्रवेश गरेसँगै अब फाँटमा बसेका कर्मचारीले पेसी तोक्ने अभ्यास बन्द भएको छ । फाँटमा रहेका कर्मचारीले कम्प्युटरमा इन्ट्री गरेसँगै सेवाग्राहीले पेसीको समय पाउने सर्वोच्च प्रशासनले जनाएको छ ।

efg1693204902.jpg

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro