site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३३ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम 
फाइल तस्बिर

काठमाडौं । केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेकाले ३३ जिल्ला भएर बहने नदी र खोलामा बाढीको जोखिम रहेको हो । 

इलाम, झापा, पाँचथर, ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, काभ्रेपलान्चोक, गोरखा, कास्की भएर बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

पर्वत, लमजुङ, बागलुङ, स्याङजा, पाल्पा, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर नदी र खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाको भनाइ छ । 

आज कमला र यसका सहायक नदीमा जलसतह सतर्कता आसपासमा नै हुने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपानाउन पनि महाशाखाको आग्रह छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो क्रममा रहने महाशाखाले बताएको छ । 

आजको मौसम : हल्का वर्षाको सम्भावना 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro