site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म कृषकको छोरी हो : आरजु राणा
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती रहेको बताएकी छन् । 

आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उमेदवारी दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समितिले सरकारको विभिन्न मन्त्रालयहरूलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउनुपर्ने बताइन् । 

KFC Island Ad
NIC Asia

उनले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताइन् ।

"समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरूलाई उनीहरूको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ कि छैन, साथै जनताको सहजता भएको छ कि छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरू हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ । म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो," उनले भनिन् । 

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro