site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रातृसंगठनको विवाद समाधान गर्न एकीकृत समाजवादीको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको भ्रातृसंगठन युवा संघ, नेपालभित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकबाट समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिइएको हो ।

Dabur Nepal
NIC Asia

युवा संघको इन्चार्जले पार्टीको निर्देशन संगठनको बैठकमा सुनाउने र लागु गर्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । युवा संघको समस्या समाधानका लागि सचिवालयले अरू आवश्यक निर्णय गरेको उनले उल्लेख गरे ।

शनिबार काठमाडौंका दुई फरक स्थानमा युवा संघका दुई गुटबाट भेला आयोजना गरिएको थियो । सो संगठनका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेलले फरक–फरक भेला आयोजना गरेपछि पार्टीले हस्तक्षेप गर्दै समाधानको पहल गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro