site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
मोबाइल बजारमा सामसङ विश्वकै ‘लिडर’ हो, फ्लिप र फोल्डमा अद्वितीय क्षमता छ
Sarbottam CementSarbottam Cement

ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५
–  फुट्नबाट जोगाउन स्क्रिनमा ‘सक डिस्पर्सन लेयर’
–  २ लाख पटक फोल्ड–अन्फोल्ड परिक्षण
–  आईपीएक्स८ रेटिङ अर्थात् पानीले नबिग्रिने
–  फुटेमा बन्ने बिमा
–    शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी
–    वातावरण जोगाउन फोनका १५ कम्पोनेन्ट ‘रिसाइकल्ड’ वस्तुबाट
–   वातावरण जोगाउने प्रयास १५ कम्पोनेन्ट रिसाइकल वस्तुबाट

काठमाडौं । विश्वबजार झैं नेपालमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल एवं अत्यधिक रुचाइएको सामसङ ब्रान्डका पछिल्ला दुई अत्यधिक प्रतीक्षित मोडल ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई मध्यनजर गर्दै सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितसँग गरिएको कुराकानी :

फोल्डेबल फोन र अरुमा के फरक छ ?

Prabhu Bank
Agni Group
NIC Asia

सबैभन्दा पहिलो कुरा भनेको संसारमा सबैभन्दा बढी स्मार्ट फोन बेच्ने कम्पनी सामसङ हो ।  प्रविधि, इन्नोभेसन र आविष्कारका कुराहरु दिनप्रति दिन भइरहेको छ । यो भइरहदा ‘ग्लोबल्ली रिसर्च एन्ड डेभलपमेन्ट (आर एन्ड डी)मा सामसङ एउटा लिडिङ’ कम्पनी पनि हो ।

हालसम्म बार फोनदेखि सामान्य स्मार्टफोनमा एक लेबलको इन्नोभेसन भइसकेको छ । त्यसमा क्यामेरा कस्तो राख्ने, प्रोसेसर कस्तो राख्ने भन्ने कुरा एक लेबलको भइसकेको छ । अब त्यो भन्दा पनि नौलो, त्यसलाई अझै अगाडि बढाउन स्मार्टफोनमा नयाँ ‘फोर्म फ्याक्टर’ भनेको फोनको डिस्प्ले नै फोल्ड गर्न मिल्ने प्रविधि बनेको छ ।

Global Ime bank

सामसङको ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक

किनकि यसअघि स्मार्ट फोन फोल्डेबल बनाउन सक्ने हाम्रो कल्पना भन्दा बाहिरको कुरा थियो ।

तर, सामसङले यो प्रविधि ल्याएको ५ वर्ष भयो । हालसालै गएको १३ अगस्टमा हामीले ‘सामसङ ग्यालेक्सी जेड फोल्ड’ र ‘सामसङ ग्यालेक्सी जेड फिल्प’ फोनलाई नेपालमा लञ्च गर्याैं । यससँगै हामीले सामसङ ग्यालेक्सी वाच ६ पनि सार्वजनिक गरेका छौं ।

यी तीन वटै प्रडक्ट २६ जुलाईमा विश्वबजारमा सार्वजनिक भएका थिए र त्यसको केही दिनमै हामी नेपालमा पनि भित्र्याउन सफल भएका छौं ।

विश्वभर र नेपालमा ग्राहकहरुले फोल्डेबल फोन रुचाउनुको कारण के हो ?

यो फोन अरु भन्दा किन्न भिन्न छ ।  अरु फोनमा नहुने यो फोनमा के कुरा छ र यो फोन कसलाई लक्षित गरिएका हो भन्ने कुरा गर्नु पर्दा सबैभन्दा पहिले यी दुवै (‘सामसङ ग्यालेक्सी जेड फिल्प’ र ‘सामसङ ग्यालेक्सी जेड फोल्ड’) फोन फ्लायक्जिबल डिस्प्लेमा आधारित छन् ।

यो दुईटै फोनको टार्गेटेड कस्टुमर अलि भिन्न छन् ।

16x9 EMI - Revisesd1693107116.jpg

सामसङ ग्यालेक्सी जेड फिल्प ५ फोन खासगरी ‘ट्रेन्डी युथ’ र ‘कन्टेन्ट क्रिएटर’हरुलाई लक्षित छ ।  आजभोलि टिकटकमा कन्टेन्ट क्रिएट गर्ने, युट्युबका लागि भिडियो कन्टेन्ट बनाउने, भ्लग बनाउनेलगायत आफ्नो केही काम गर्न चाहनेहरुका लागि यो एकदमै विशेष र उपयुक्त फोन हो ।

युवतीहरुले यो फोनलाई बढी रुचाएका छन् ।  कम्प्याक्ट भएका कारण, सानो ब्यागमा पनि चिटिक्क परेर राख्न सकिने, गोजीमै बोक्नुपरे पनि फोल्ड गरेपछि सानो हुने हुँदा जहाँ पनि बोक्न मिल्ने भएका कारण उनीहरुले बढी रुचाएको हुनुपर्छ ।

र, अर्काे महत्वपूर्ण कुरा भनेको यसको स्टाइल पनि हो, यो निकै स्टाइलिस पनि छ ।  आकार सानो तर निकै नै पावरफुल प्रोसेर, इन्ह्यान्स गरिएको क्यामेरा, र फोल्ड गरिसकेपछिको फ्रन्ट विन्डोमा ३.४ इञ्चको स्क्रिन जस्ता महत्वपूर्ण फिचरले यसलाई झनै आर्कषक बनाएको छ ।

त्यसैले ठूलो काम गर्नुपर्दा फोन अनफोल्ड गरेर गर्न सकियो बाँकी सबैजसो सामान्य कामहरु जस्तै सेल्फि खिच्ने, विजेटहरु चलाउन, म्यासेज रिप्लाई गर्ने फोटो खिच्ने काम यो स्क्रिनबाटै गर्न सकिन्छ । सामसङ ग्यालेक्सी जेड फोल्ड ५ चाहिँ आफ्नो कार्यक्षमता बढाउन चाहने व्यक्तिहरुका लािग हो । 

जसलाई फोनका माध्यबाट विशेष तरिकाले काम गरेर आफ्नो कार्यउत्पादन बढाउनुछ उनीहरुलाई लक्षित हो । सामसङ ग्यालेक्सी जेड फोल्ड ५ ‘अन द गो’ अर्थात् जसलाई कहीँ गएको बेला पनि काम गर्नुछ, ट्राभल गरिरहँदा काम गर्नुछ ती व्यक्तिका लागि हो ।

सामसङको अनप्याक्ड इभेन्ट : के–के भए नयाँ घोषणा ?

यसलाई अन्फोल्ड गर्दा यसमा ठूलो स्क्रिन हुन्छ । यो स्क्रिनमा एकै पटक तीनवटा काम गर्न सकिन्छ, तीन वटा एप चलाउन सकिन्छ अथवा तीन ट्याबमा काम गर्न सकिन्छ । यसको अर्काे बिशेषता भनेको यो फोनसँगै एउटा कभर आउँछ र त्यसमा एस पेन भन्छौं हामीले त्यो पेन आउँछ । 

त्यसको सहायताबाट स्केचिङ गर्ने, नोट टिप्ने, लेख्ने जस्ता काम गरी ईमेल, भाइबरबाट सेयर गर्न सकिन्छ । त्यसैले सधैंभरी अन द गोमा हुने व्यक्तिहरुका लागि यो फोन हो ।

फोनमा कस्ता फिचर छन् ?

यो दुईटै फोनमा ४ नानोमिटरको ‘स्न्यापड्र्यागन ८ जेन २’  प्रोसेसर रहेको छ ।  यो प्रोसेसर सबैभन्दा पावरफुल प्रोसेसर हो र जुन सामसङको लागि क्वालकमले बिशेषरुपमा डिजाइन गरेको प्रडक्ट हो । यहाँले यो प्रोसेसर सामसङको फ्ल्यागसिपबाहेक अन्य कुनै फोनमा पाउनुहुन्न ।

त्यसैले यो ठूलो स्क्रिनमा पावरफुल चिपसेटबाट गेम खेल्दा त्यसको अनुभुति निकै नै रोमाञ्चक रहन्छ । यसैकारण गेमर्सका लागि पनि यो बिशेष र उत्कृष्ट फोन हो ।

16x9 Galaxy Z Flip5 Price1693107116.jpg

जेड फोल्ड ४ र फ्लिप ४ भन्दा पाँचौं जेनेरसनमा के फरक छ ?

अघिल्लो, चौथो जेनेरेसनको भन्दा जेड फोल्ड ५ र जेड फ्लिप ५ लाई अझ बढी कम्प्याक्ट बनाइएको छ । यसलाई फोल्ड गर्दा कागज फोल्ड गरेझैं चटक्क बस्छ, कुनै ग्याप रहँदैन । पूरानोमा थोरै ग्याप हुन्थ्यो फोल्ड गर्दा अलिकति माथि उठेको हुन्थ्यो ।

फोन पहिला भन्दा अझै हलुका र पातलो पनि छ त्यसैले बोक्न सजिलो भएको छ ।

सामसङको फ्लिप र फोल्डेबलले विश्वबजारमा कसरी प्रभाव पार्‍यो ?

मोबाइल मार्केटमा सामसङले इन्ट्री लेबलको स्मार्टफोन देखिएर फोल्डेबल टेक्नोलोजीमा सामसङ ग्लोबल लिडर हो ।  संसारमै सबैभन्दा बढी फोल्डेबल डिभाइस अहिलको डेटमा बिक्री गर्छ र संसारमै एडभान्स टेक्नोलोजी फोल्डेबलको टेक्नोलोजी पनि सामसङ छ । त्यसले बिक्री पनि बढी गरिरहेको छ ।

सामसङले अहिले बेसिक करिब १२ हजार रुपैयाँको बार टाइपको स्मार्टफोनदेखि लिएर टपअप दि लाइन अथवा हाई इन्डको यस्तो डिभाइस बनाएको छ । सबैलाई एउटै प्रडक्ट फिट हुँदैन त्यसैले मान्छेहरुको आवश्यकताअनुसार, चाहना अनुसार र उनीहरुको क्रय शक्तिका आधारमा सामसङले फोनहरु बनाएको छ ।

16x9 Galaxy Z Fold5 Price1693107119.jpg

यसभन्दा थप केही मानिसहरु बढी प्रविधि जागरुक हुन्छन्, नयाँ प्रविधिको प्रयोग गर्न चाहन्छन्, धेरै कुराहरु गर्छु, नयाँ टेक्नोलोजीमा भिज्न चाहने मान्छे हुन्छन् । त्यसैले ‘अर्लि अडप्टर्स’ अन्य व्यक्ति भन्दा चाँडै कुनै प्रडक्ट प्रयोग गर्न चाहने व्यक्तिहरु चाहिँ यो फोनमा निकै धेरै आर्कषित भएका हामीले पाएका छौं ।

नेपाली बजार कस्तो छ ?

नेपालमा हामीले ग्यालेक्सी जेड फोल्ड ३ बाट, तस्रो जेनेरेसनबाट सुरु गरेका थियौं ।  फोल्ड ४ चाहि गत वर्ष विदेशी मुद्रा सञ्चितिको कारणले गर्दा आयात नै बन्द भएको थियो । त्यसैले हामीले नेपालमा समयमै भित्र्याउन सकेनौं, बिक्री वितरण गर्न पाएनौं ।

सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को  प्रि–अर्डर सुरु

पाँचौं जेनेरेसन चाहि अहिले हामीले पूर्णरुपमा लञ्च गरेका छौं र हामीले ग्राहकहरुको निकै नै राम्रो आर्कषण पाएका छौं ।

फोल्डेबल र फ्लिपमा सामसङ ग्लोबल लिडर हो भन्नुभयो, त्यसो भए यो फोनलाई टिकाउन र बलियो बनाउने प्रविधि के छन् ?

राम्रो प्रश्न गर्नुभयो, यो जिज्ञासा धेरैसँग स्वाभाविक रुपमा होला ।  किनभने पहिलो हामीले कल्पना पनि गर्न सक्दैनथ्यौं कि यस किसिमको स्मार्टफोनलाई फोल्ड गर्न सकिन्छ तर, आजको दिनमा यो कुरा ‘रियालिटी’ भएको छ । 
यसमा म के प्रष्ट पार्न चाहन्छु भने यसपालि सामसङले यो फोनको टिकाउपन वा ड्युरेबिलिटीलाई एक कदम अगाडि बढाएका छौं । 

फोनको स्क्रिन भित्र ‘सक डिस्पर्सन लेयर’ राखिएको छ । यसको अर्थ के भने फोनको स्क्रिनमा कुनै एक ठाउँमा प्रेसर परेमा, थिचिएमा, खसेमा अथवा दबाब परेमा त्यो दबाब, त्यो प्रेसर एकै ठाउँमा रहन्न त्यो पूरै स्क्रिनमा फिजिन्छ यसो हुँदा प्रेसर कम हुन्छ र फोन फुट्न र बिग्रिनबाट जोगिन्छ ।

यसरी नै यो फोन फोल्ड गर्दा पनि यसको प्रेसर डिस्पर्सन हुन्छ । फोल्डेबल टेक्नोलोजीमा यो ब्रेक थ्रु इन्नोभेसन हो । हामीले यो टेक्नोलोजी ल्याउन सकेको कारण यी फोन पहिलेको दाँजोमा अझ बढी टिकाउ भएको छ । यस्तै यो फोनमा ल्याबमा पनि कठि परिक्षणबाट पास भएको हुन्छ ।

16x9 Insurance1693107120.jpg

२ लाख पटक भन्दा बढी यो फोनलाई फोल्ड अन्फोल्ड गर्दा पनि फोनलाइ केही पनि भएको छैन् । २ लाख पटक फोल्ड अन्फोल्ड गर्नु भनेको सामान्य रुपमा ५/६ वर्ष चलाएर पनि केही नभएको भन्ने पुष्टि हुन्छ ।

यसभन्दा थप विशेष आईपीएक्स८ रेटिङ अर्थात् यो वाटर रेसिसटेन्ट हो । यसको अर्थ यो फोनलाई डेढ मिटर पानीको गहिराइमा ३० मिनेटसम्म डुबाएर राख्दा पनि त्यति पानीको प्रेसरले पनि यसलाई बिगार्दैन ।
त्यसकारण कहिलेकाँही फोन भिज्यो भने, पानीमा खस्यो भने पनि डराउनु पर्ने कुरा हुँदैन ।

 

फोनको सुरक्षाका लागि तपाईँहरुले अन्य कुनै सहजता पनि उपलब्ध गराउनु हुन्छ कि ?

फोल्ड र फ्लिप दुवै फोनमा एक वर्षको ब्रेकेज इन्स्योरेन्स पनि दिएको छौं ।  त्यसकारण यो फोन एक वर्षभित्रमा कहीँ बोकेर हिँड्दा फुट्यो वा कुनै न कुनै कारण बस केही भयो भने पनि यसको पूर्णरुपमा क्षतिपूर्ति इन्स्योरेन्स कम्पनीबाट आउनेछ । 

यसको थोरै, सानो बिमा शुल्क लाग्छ तर, यो पूर्णरुपमा यसको रिपेयर हुन्छ फ्रिमा । यसबाहेक फोनको स्क्रिनमा एउटा पातलो प्रोटेक्टिभ लेयर रहेको छ । स्टिकर जस्तो यो प्रोटेक्टिभ लेयर एक वर्षसम्मका लागि कम्पनीले फ्रिमा दिन्छौं ।

यसरी समग्रमा पानीबाट बच्ने, स्क्रिनमै सक डिस्पर्सन लेयर, पानीबाट पनि केही नहुने, केही भएर टुटफुट भईहाले पनि बनिनै हाल्छ ।  त्यसैले कुनै पनि व्यक्तिले यस किसिमको राम्रो र प्रिमियम डिभाइसमा इन्भेष्ट गरिहालेपछि एउटा ढुक्क भएर बस्ने अवस्था छ ।

16x9 Trade In1693107123.jpg

प्रि–बुकिङमा ग्राहकहरुका लागि कुनै अफरहरु पनि छन् कि ?

हामीले ७ अगस्टबाट यसको प्रि बुकिङ खुला गरेका थियौं ।  सामसङका ती पारखसी, लोयल र अर्लि अडप्टहरुलाई रिवार्ड गर्ने उद्देश्यले हामीले प्रि अर्डर गिफ्ट पनि राखेका छौं ।
प्रिअर्ड गर्नु भयो भने २५ हजार रुपैयाँसम्मको फाइदा छ । 

२५ हजारभन्दा बढीका सामसङ फोन किस्ताबन्दीमा किन्न सकिने : ब्याजदर शून्य, यस्तो छ प्रक्रिया

जसमा मेमोरी अपग्रेड हुने (२५६ जीबीको पैंसामा ५१२ जीबी पाउने), कभर फ्रि आउने अथवा अलिकति पैंसा थपेर नयाँ वाच लिन पाउने जस्ता योजना ल्याएका छौं त्यसभित्र २५ हजार रुपैयाँ जत्तिको फाइदा उहाँहरुले पाउन सक्नुहुन्छ ।

pranaya21693107125.jpg

तर, यो सिमित समयसम्मका लागि छ, अगस्ट महिनाको अन्तिमसम्मका लागि अहिले यो अफर छ । आफुलाई चाहिएको फोन सबैले सजिलै किन्न सकोस् भनेर हामीले दुइवटा कार्यक्रम ल्याएका छौं । एउटा देशभर रहेका ३०० वटा हाम्रा रिटेलरहरुबाट शुन्य प्रतिशत ब्याजमा १२ महिनासम्मको किस्ता बन्दीमा सहजरुपमा फोन किन्न सक्नुहुन्छ ।

यसका लागि नागरिकता, एक जना जमानीसँगै हुनपर्याे र एउटा आम्दानीको स्रोत देखाउने चारवटा सामान्य कुरा देखाएर १ घण्टामै त्यहीँ ठाउँबाट फोन किन्न सकिन्छ ।

सबैभन्दा राम्रो कुरा भनेको यसरी किन्दा ग्राहकले एक रुपैयाँ पनि ब्याज तिर्नुपर्दैन ।  अहिले ब्याजदर अकाशिएको समयमा पनि ग्राहकहरुले बिना ब्याज किस्ताबन्दीमा फोन किन्न सक्नुहुन्छ । र अर्काे हामीले एक्सचेन्जको व्यवस्था पनि गरेका छौं । यसअन्तर्गत कुनै पनि ब्रान्डको कुनै पनि पूरानो फोन ल्याउनु भयो भने त्यो भनेको मूल्यांकन गरेर त्यसको पैंसा पनि हामी घटाएर फोन किन्न सकिन्छ ।

त्यसकारण यी दुइटा कार्यक्रमबाट ग्राहकहरुले एकदमै सरल तरिकाले फोन खरिद गर्नसक्नुहुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC