site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामसङको अनप्याक्ड इभेन्ट : के–के भए नयाँ घोषणा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले यस वर्षको दोस्रो ग्यालेक्सी अनप्याक्ड इभेन्ट गरेको छ । बुधबार सामसङ ग्यालेक्सी अन्प्याक्ड इभेन्टमार्फत कम्पनीले विभिन्न नयाँ महत्वपूर्ण प्रडक्ट सार्वजनिक गरेको छ ।

कम्पनीले इभेन्टमार्फत नयाँ फ्ल्यागसिप फोल्डेबल फोन ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ सार्वजनिक गरेको छ । अघिल्लाको तुलनामा यी फोनमा ठूलो कभर स्क्रिन, पर्फमेन्स र फोटोग्राफीमा बिशेष सुधार गरेको छ ।

ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५
यी दुवै फोन पुरानाको तुलनामा उच्च अपग्रेडका साथ आउने अनुमान पहिले नै गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार सियोलमा भएको इभेन्टमा कम्पनीले ग्यालेक्सी वाच ६ सिरिज र ग्यालेक्सी ट्याब एस९ पनि सार्वजनिक गरेको छ ।

सामसङले दुई फोनमा ल्याएको सुधारले फोल्ड गर्न मिल्ने डिजाइन हाइ–इन्ड स्मार्टफोनको भविष्य हुने संकेत गरेको छ ।

Global Ime bank

जेड फ्लिप ४ को एक्सटर्नल डिस्प्लेको तुलनामा जेड फ्लिपको डिस्प्ले ३.४ इञ्चको रहेको छ । सामसङले फ्लेक्स विन्डो भनेको यो मोटोरोलको रेजर प्लसको  ३.६ इञ्चको डिस्प्ले भन्दा केही कम हो ।

सामसङको ६.७ इञ्चको इन्टर्नल स्क्रिनमा समाचार पढ्ने, गेम खेल्ने र सामाजिक सञ्जाल चलाउने काम गरिए पनि ठूलो कभर डिस्प्लेले अन्य धेरै काम गर्न सहज बनाउने छ । जेड फ्लिप ५ को मूल्य एक हजार अमेरिकी डलर छ भने, जेड फोल्ड ५ को मूल्य १८०० अमेरिकी डलर रहेको छ ।

ग्यालेक्सी वाच ६
सामसङको नयाँ ग्यालेक्सी वाच ६ दुई भेरियन्टमा आएको छ । ग्यालेक्सी वाच ५ को तुलनामा यसमा ठूलो ब्याट्री र ठूलो स्क्रिन रहेको छ । साइज अनुसार ३०० देखि ४३० अमेरिकी डलरसम्ममा यी वाच उपलब्ध हुने भएका छन् ।

ग्यालेक्सी ट्याब एस ९
यो सिरिजका ट्याबमा अमोलेड डिस्प्ले रहेको छ । ८०० अमेरिकी डलरदेखि उपलब्ध ट्याब ११ इन्चको डिस्प्ले, १२.४ इन्चको डिस्प्ले र १४.६ इन्चको डिस्प्ले मोडलमा उपलब्ध छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय