site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२५ हजारभन्दा बढीका सामसङ फोन किस्ताबन्दीमा किन्न सकिने : ब्याजदर शून्य, यस्तो छ प्रक्रिया

काठमाडौं । सामसङले नेपालमा अब शून्य प्रतिशत ब्याजदरमै किस्ताबन्दीमा फोन उपलब्ध गराउने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत कम्पनीले ‘सामसङ इन्स्टा फाइनान्स सेवा’ सार्वजनिक गरेको हो ।

कम्पनीले सामसङको रिटेल स्टोरमा पुगेको एक घण्टाभित्रै किस्ताबन्दीमा फोन उपलब्ध गराउने लक्ष्य राखेको छ । सामसुङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्कले यो सेवाले कैयौँ नेपालीलाई गुणस्तरीय उत्पादन खरिद गर्न मद्दत पु¥याउने बताए ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले अब कोही नेपालीले गुणस्तरीय फोन किन्दा दुईपटक सोच्नुपर्ने स्थिति नआउने उल्लेख गरे ।

२५ हजार रुपैयाँभन्दा माथिका फोन खरिद गर्दा एकैपटक भुक्तानी गर्न असहज हुने स्थिति रहेको पनि उनले बताए । त्यसैले ४० प्रतिशत डाउन पेमेन्ट मात्र गरी बाँकी रकम शून्य प्रतिशत ब्याजदरमा तीनदेखि १२ महिनासम्म भुक्तानी गर्न सकिने गरी सामसङले इन्स्टा फाइनान्स सेवा सञ्चालनमा ल्याएको उनले जानकारी गराए ।

बैंकिङ फाइनान्स निकै झन्झटिलो रहेको भन्दै उनले यो सहज रहेको बताए ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हुलास फिन सर्भिस लिमिटेडले एक घण्टामै सेवा दिने गरी यो सुविधा उपलब्ध गराउन लागेको बताए ।

मोबाइल इम्पोटर्स एसोसिएसनका अध्यक्ष दीपक मलोहत्राले सहजै किस्ताबन्दीमा फोन किन्न सकिने स्थिति बन्दा मोबाइलको व्यापार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कसरी लिन सकिन्छ सामसङ इन्स्टा फाइनान्स गर्दै फोन ?
कोही व्यक्तिले तीन किसिमका कागजात उपलब्ध गराउँदै सामसङ इन्स्टा फाइनान्समार्फत फोन खरिद गर्न सक्नेछन् ।

यो सेवा अहिले २० सहरका २०० भन्दा बढी पसलमा सञ्चालनमा आइसकेको छ । यसका लागि सामसङका ती पसलमा फोन खरिद गर्न जानेले आफ्नो नागरिकता र फोटो उपलब्ध गराउनुपर्ने हुन्छ ।

त्यसपछि आफूसँगै कोही एक ‘ग्यारेन्टर’ व्यक्ति लैजानुपर्ने हुन्छ । ती व्यक्तिको नागरिकता र फोटो पनि आवश्यक पर्छ । आफ्नो र ग्यारेन्टरको नागरिकताको फोटोकपी सामसङको पसलमा बुझाउनुपर्छ ।

यस्तै, आफ्नो आम्दानीको स्रोत खुलाउनुपर्ने र यसरी करिब एक घण्टाभित्रै फाइनान्समा फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

आम्दानीको स्रोतमा आफूले काम गर्ने भए त्योसम्बन्धी विवरण, कम्पनी वा संस्था भए त्यसको र घरभाडाबाट आम्दानी हुने भए त्यस्तो विवरण पेस गर्नुपर्छ ।

त्यसपछि तीनदेखि १२ महिनाका लागि फाइनान्स गर्न सकिनेछ । कम्पनीले उपलब्ध गराएको बैंक वा वित्तिय संस्थाको अकाउन्ट वा सोही पसलमा ग्राहकले मासिक रूपमा रकम बुझाउनुपर्छ ।

इन्स्टा फाइनान्स सेवा सञ्चालनका लागि कम्पनीले करिब चार अर्ब रुपैयाँ छुट्ट्याएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro